३८० कलाकारसहित ‘साहु बा’ ट्रेलर सार्वजनिक, एक्सन र बदलाको कथा

काठमाडौं । वेभसिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको सिरिजको ट्रेलर आइतबार रिलिज गरिएको हो।
१ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथा ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित रहेको स्पष्ट पार्छ। मुख्य पात्र विजु पार्कीको वरिपरि घुम्ने कथामा देखाइएको सेतो कागजको जहाजले दर्शकमा रहस्य र कौतुहलता थप्छ। रगतले लतपतिएको हातमा देखिएको जहाजले भावनात्मक बदलाको पाटो बलियो हुने संकेत गर्छ।
ट्रेलरमा कडा एक्सन दृश्य, प्रहरी अनुसन्धान र पात्रहरूबीचको द्वन्द्वलाई उच्चस्तरीय सिनेमेटोग्राफीमा प्रस्तुत गरिएको छ। बदलाको आगोमा जलिरहेको एक युवकको संघर्ष र उसले सामना गर्ने आपराधिक सञ्जाल कथा केन्द्रमा देखिन्छ। आगो, हतियार र अस्पतालका दृश्यहरूले सस्पेन्सलाई थप मजबुत बनाएका छन्।
नेपाली वेब सिरिजहरू प्रायः संवादप्रधान हुने प्रवृत्तिबाट फरक, ‘साहु बा’ ले एक्सनलाई प्राथमिकतामा राखेको देखिन्छ। सडकमा खिचिएका दृश्य, गाडीमाथिको स्टन्ट र गोदामभित्रका लडाइँ दृश्य मेहनतका साथ तयार गरिएको देखिन्छ।
ट्रेलरको अन्त्यमा देखिएको रातो कुर्सीले शक्ति र सत्ताको संघर्षलाई संकेत गर्छ। उक्त कुर्सी कसले पाउँछ भन्ने नै सिरिजको मुख्य क्लाइमेक्स हुने अनुमान गर्न सकिन्छ।
निर्देशक तथा लेखक सुजोय योङका अनुसार यो सिरिज नेपाली डिजिटल क्षेत्रमा एक महत्वाकांक्षी परियोजना हो। सिरिजमा ३८० भन्दा बढी कलाकारको अभिनय रहेको छ, जुन नेपाली वेब सिरिजकै ठूलो संख्या मानिन्छ।
२४ एपिसोडमा तयार भएको यो सिरिज निर्माण गर्न करिब तीन वर्ष लागेको निर्माण टिमले जनाएको छ।
सिरिजमा प्रियंका कार्की, नम्रता श्रेष्ठ, सरिता गिरी, कविता नेपाली, विजु पार्की, अमित शाह, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला लगायत कलाकारको अभिनय रहेको छ।
आयुषमान डी जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको सिरिजको सम्पादन रामप्रसाद चौधरीले गरेका छन्। पेमा लामा र राजु तामाङले द्वन्द्व निर्देशन सम्हालेका छन्।
यो सिरिज आगामी २०८३ वैशाख ४ (१७ अप्रिल २०२६) देखि प्रसारण हुनेछ। दर्शकले साँझ ६ बजेदेखि MOMO एपमार्फत सम्पूर्ण एपिसोड हेर्न सक्नेछन् भने साप्ताहिक रूपमा म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलमा पनि सार्वजनिक गरिनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ९, शुक्रबार १०:१२‘पाँच पाण्डव’को पोस्टर सार्वजनिक, तिहारमा प्रदर्शनमा आउने
समाचार२०८३ आश्विन ८, बिहीबार २२:४३धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
समाचार२०८३ आश्विन ८, बिहीबार २०:४०अविरल वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट जोगाउन यस्तो छ सरकारको तयारी
खेलकुद२०८३ आश्विन ८, बिहीबार १६:५२एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित









