भदौ २६ गते हरितालिका तीजमा ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउने

काठमाडौं। निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको टाइटल पोस्टरसँगै सिनेमा आगामी भदौ २६ गते, नारीहरूको महान पर्व हरितालिका तीजको दिनदेखि देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो।
निर्देशक गुरुङका अनुसार वैशाख १ गते नेपाली नयाँ वर्षसँगै अभिनेता दयाहाङ राईको जन्मदिनसमेत पर्ने भएकाले सोही अवसर पारेर प्रदर्शन मिति घोषणा गरिएको हो।
गुरुङ फिल्म क्षेत्रमा ‘गडफादर’ का रूपमा चिनिने निर्देशक गुरुङकै लगानीमा निर्माण भएको यस सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई, डीबी गुरुङ र प्रतिक्षा गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ। विश्वास गुरुङ र माया गुरुङले यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा पनि स्वयं निर्देशक गुरुङले लेखेका हुन्। शीर्षकले भूतपूर्व लाहुरेको कथा झल्काए पनि चलचित्रले लोभी युवक कसरी दानी बन्छ भन्ने प्रेरणादायी कथावस्तु प्रस्तुत गर्ने निर्देशकको भनाइ छ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके) र सपना गुरुङको लगानी रहेको चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङ हुन्। सुशन प्रजापतिले छायांकन गरिरहेको यस सिनेमामा कास्टिङ डाइरेक्टर सुरज तमु रहेका छन् भने संगीत मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले तयार पारिरहेका छन्।
सुरेन्द्र पौडेलले सम्पादन गरिरहेको यस चलचित्रका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १२, सोमबार २१:२१नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा युवा खुलातर्फ सन्तोष बस्ताकोटीको उम्मेदवारी दर्ता
समाचार२०८३ आश्विन १२, सोमबार २०:२३बाढी-पहिरोका कारण ६२० मेगावाट बिजुली प्रणाली बाहिर
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १२, सोमबार १५:४१सरकारले जनसंख्या बढाउन बिदा र प्रोत्साहनको कानुनी व्यवस्था गर्दै
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १२, सोमबार १०:१५‘द एभरेस्ट ड्रीम’ले शिम्लामा जित्यो स्पेशल जुरी अवार्ड









