पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न

पत्रकार सम्मेलनमा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा, गाउँपालिका अध्यक्ष राजकुमार महतो लगायत सर्लाहीका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित यसअघि लाप्राक, गोसाईकुण्ड, भकुण्डेबेसी र रामेछापमा आयोजना भइसकेको यो महोत्सव पहिलो पटक तराईमा हुन लागेको हो । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार ग्रामीण कथा र मधेशको संस्कृतिमा केन्द्रित फिल्मलाई प्रवर्द्धन गर्न यसपटक सर्लाही जिल्लामा महोत्सव गर्न लागिएको हो ।
महोत्सवका लागि ग्रामीण कथावस्तुमा आधारित फिचर, सर्ट तथा विभिन्न भाषाभाषीका ५० भन्दा बढी फिल्मको आवेदन परेकोमा १७ वटा फिल्म सेलेक्सन गरिएको छ । महोत्सवमा प्रदर्शन हुने फिल्म दर्शकले निःशुल्क हेर्न पाउनेछन् ।
गाउँपालिका अध्यक्ष राज कुमार महतोले यस्ता किसिमको महोतासवले पर्यटन प्रवर्धन गर्नुको साथै स्थानिय ठाउँलाई देश बिदेशमा चिनाउने बताए।
नेपाली मौलिक फिल्मप्रति दर्शकको आकर्षण बढाउनु, दर्शकमा नियमित रूपमा फिल्म हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु, स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए । पाँचौँ संस्करणसम्म आइपुग्दा महोत्सवले आफ्नो प्रतिष्ठा उँचो बनाएको उनको दाबी छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १९, शुक्रबार २१:२९बाढीपीडित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार हुने
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १९, शुक्रबार १७:१८‘माईतीको आँगन’ मा पोखियो विधवा आमालाई सम्झिँदै छोरीको पीडा
समाचार२०८३ भाद्र १९, शुक्रबार ०९:५५भोटेकोशी बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको उद्धार
खेलकुद२०८३ भाद्र १९, शुक्रबार ०७:५४नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै









