पोखरामा अफलाइन पठाओ/इनड्राइभ चलाउने १३ जना पक्राउ

पाेखरा । पोखरा नगरक्षेत्रमा अफलाइन रूपमा सवारी सेवा सञ्चालन गरी बढी भाडा असुल्ने र यात्रुलाई दुःख दिने कार्यमा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा विष्णु बहादुर नेपाली, राजन परियार, लिल बहादुर गुरुङ, प्रविण थापा, नवीन थापा, दिपक कुमार गुरुङ, अम्मर बहादुर महतरा, माधव कुईकेल, बुद्धि बहादुर वि.क., बिक्की लामा, कृष्ण कुमाल, मिन बहादुर थापा र कृष्ण बहादुर गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूले पठाओ/इनड्राइभमा आवद्ध रहे वा नरही अफलाइन रूपमा मोटरसाइकल सञ्चालन गरी यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने तथा अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय बैदाम सहितको टोलीले विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले यस्ता अवैध तथा अनियमित सवारी सेवा सञ्चालन गर्नेहरू विरुद्ध कडाइ गर्ने चेतावनी समेत दिएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21369, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १९, शुक्रबार १९:५५“उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल
समाचार२०८३ भाद्र १९, शुक्रबार ०१:०३शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२५‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने








