कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

काठमाडौँ। कवियत्री अनुशा शर्मा सुवेदीको कविता सङ्ग्रह ‘पोइटिक डायस्पोरा’ माथि ललितपुरको हात्तिबनमा आयोजित एक विशेष कार्यक्रममा विमर्श गरिएको छ। कार्यक्रममा साहित्यप्रेमी, कवि तथा समीक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्राडा अरुण गुप्तोले कृतिमा समेटिएका कविता अत्यन्त चिन्तनशील र प्रभावशाली रहेको बताए। उनका अनुसार, अंग्रेजी भाषामा लेखिएका १३० वटा कवितामा गहिरो भाव, सशक्त अभिव्यक्ति र शब्दप्रतिको सशक्त पकड देखिन्छ। “लेखिकाको विषय समात्ने क्षमता र शब्दमार्फत कल्पनालाई जीवन्त बनाउने कौशल प्रशंसनीय छ,” उनले उल्लेख गरे।
कवि तथा समीक्षक केशव सिग्देलले कृतिका कविताहरू उच्चस्तरीय रहेको टिप्पणी गरे। “शब्द–शब्दमा गहिरो अर्थ र मिठासपूर्ण शैली पाइन्छ। कविताको प्रवाहले पाठकलाई सहजै तान्छ, र त्यसमा स्वतन्त्र चिन्तन स्पष्ट रूपमा झल्किन्छ,” उनले भने।
यसैगरी, समीक्षक महेश पौडेलले कवितामा जीवन र जगतलाई सूक्ष्म रूपमा नियाल्ने दृष्टि रहेको बताए। उनका अनुसार, कवितामा ध्यान (मेडिटेसन) जस्तो प्रभाव छ र बाल मनोविज्ञानका पक्षहरू पनि प्रभावकारी रूपमा अभिव्यक्त भएका छन्।
कवि सरला केसीले अनुशाका कवितामा शक्तिशाली भाव र ओजपूर्ण प्रस्तुति रहेको बताइन्। “कविता पढ्दा शीतल छायाँमा बसेजस्तो अनुभूति हुन्छ। शब्दमा ऊर्जा र भावमा गहिराइ छ, जसले पाठकलाई भावनात्मक रूपमा बाँध्न सक्छ,” उनले भनिन्।
कवि तथा लेखक राजीव श्रेष्ठले पनि कृतिका कवितामा जीवनका वास्तविक अनुभूति झल्किएको बताए। “यी कविताहरू लेखकको आफ्नै भोगाइका प्रतिबिम्ब जस्ता लाग्छन्। उहाँ आध्यात्मिक प्रवृत्तिको व्यक्ति भएकाले कवितामा अध्यात्मिक रस पनि प्रस्ट देखिन्छ,” उनले बताए। साथै, कविताले महिलाको सशक्त भूमिका र आत्मपहिचानको सन्देश दिने उनले उल्लेख गरे।
कार्यक्रममा पत्रकार तथा कवि दीपक सापकोटाले कृतिका केही कविता वाचन गरेका थिए भने पत्रकार एवं साहित्यकार राज सरगमले सहजीकरण गर्दै लेखिकासँग संवाद सञ्चालन गरेका थिए।
संवादका क्रममा लेखिका अनुशा शर्मा सुवेदीले आफूले जीवनका विभिन्न अनुभव र भावनालाई कवितामार्फत अभिव्यक्त गरेको बताइन्। “परिवारबाट टाढा रहँदा भोगिएका अनुभूति र मनका नबताइएका कुरा मैले कवितामा उतारेकी छु। यस कृति प्रकाशनमा मेरो परिवारको ठूलो साथ छ,” उनले भनिन्।
उनले आफू प्रकृतिप्रेमी रहेको र भगवान शिवप्रति विशेष श्रद्धा रहेको पनि उल्लेख गरिन्। कार्यक्रममा लेखक तथा बालगीतकार रामबाबु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन









