क्लासिक टेकको नयाँ अफर:“एक वर्ष जोड्नुस्,४ वर्ष हेर्नुस्”सार्वजनिक, केके छ सुविधा ?

काठमाडौ । नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले ग्राहक लक्षित नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले “एक वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्” नामक नयाँ योजना ल्याएको हो।
यस अफर अन्तर्गत ग्राहकहरूले ३०० एमबीपीएस उच्च गतिको इन्टरनेटसँगै आईपी टिभी सेवा जडान गर्दा ४ वर्षसम्म आईपी टिभी सेवा प्राप्त गर्न सक्नेछन्। साथै, कम्पनीले वाइफाइ सिक्स राउटर समेत निःशुल्क उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार यो सेवा दैनिक करिब रु ४० को दरमा वार्षिक रूपमा जडान गर्न सकिनेछ। एचडी तथा एसडी प्रिमियम टिभी च्यानलहरूमा इतिहास, मनोरञ्जन, बालबालिका तथा खेलकुदलगायत सयौं च्यानल समावेश गरिएका छन्।
सामान्यतः प्रतिमहिना ५०० पर्ने आईपी टिभी सेवा उक्त अफरमा लिँदा प्रतिमहिना मात्र २०३ मा उपलब्ध हुने कम्पनीले जनाएको छ। यसअनुसार ग्राहकहरूले ३ वर्षसम्मको टिभी सेवा बोनसस्वरूप प्राप्त गर्दा करिब रु ७,३२२ बराबरको लाभ लिन सक्नेछन्।
कम्पनीले ग्राहकको बढ्दो आवश्यकता र मागलाई ध्यानमा राख्दै १ वर्षको इन्टरनेट तथा आईपी टिभी जडानमा ३ वर्षे निःशुल्क आईपी टिभी सेवा उपलब्ध गराउने योजना ल्याइएको जनाएको छ।
थप जानकारीका लागि कम्पनीले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न, ९७०९१८४१४७ मा फोन गर्न वा आधिकारिक वेबसाइटमार्फत जानकारी लिन समेत आग्रह गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार २०:४९‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ११, सोमबार १४:०६विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार १०:१८‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
समाचार२०८३ जेष्ठ ११, सोमबार ०७:५४सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम









