रास्वपाको स्वास्थ्य विभागलाई पालिकासम्म विस्तार गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी(रास्वपा)को स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने भएको छ ।
पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले सामाजिक सञ्जालमा लेख्दै पार्टीको स्वास्थ्य विभागलाई पालिकास्तरसम्म विस्तार गर्न लागिएको जानकारी दिइन् ।
उनका अनुसार अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी होइन । यो स्वास्थ्य प्रणालीकै कमजोरी हो ।
यस सन्दर्भमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागमार्फत काम गर्दैछ । स्वास्थ्य नीतिमा आमुल परिवर्तन ल्याउनका लागि विभागमार्फत काम गरिने उनले जानकारी दिइन् ।
नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









