‘मितज्यू’मा सौगात र दयाहाङको टकराव

काठमाडौं । नेपाली चलचित्र उद्योगमा केही यस्ता कलाकार छन्, जो सँगै पर्दामा देखिँदा दर्शकमा उत्साह देखिन्छ । यस्तै मध्येका दुई कलाकार हुन्, दयाहाङ राई र सौगात मल्ल । यी दुई कलाकार एउटै चलचित्रमा देखिँदा त्यो सिनेमाको हाइप नै बढ्छ र दर्शकमा प्रतिक्षा हुन्छ ।
यो अवसर फेरि एकपटक जुराइदिएको छ, चलचित्र ‘मितज्यू’ले । ‘मितज्यू’मा सौगात र दयाहाङ एक साथ देखिँदैछन् । कुनै सिनेमामा दुई भेट्रान कलाकार भए पनि कोही अतिथि भूमिकामा मात्रै हुन्छन् ।
तर, ‘मितज्यू’ यी दुई कलाकार मुख्य भूमिकामा छन् । दुई मितको कथा हो, ‘मितज्यू’ । र, ‘मितज्यू’मा सौगात र दयाहाङ मित हुन् । यी दुई मितबीच एक युवतीको प्रवेश र रुटमा हालेको गाडीलाई लिएर चलचित्रमा हुने उतारचढावको कथामा ‘मितज्यू’ बनेको छ ।
त्यसैले यो सिनेमाको द्वन्द्व भनेकै सौगात र दयाहाङबीच छ । यी दुई कलाकारबीच हुने नोकझोक र टसलको वरिपरि सिनेमा घुम्छ । यसैले सिनेमामा दर्शक होल्ड गर्ने हो ।
वास्तवमा मित भएपछि एकले अर्कोको नाम उच्चारण गरेर बोलाउन पनि हुँदैन भन्ने मान्यता छ । तर, ‘मितज्यू’मा यी दुईबीच झगडा नै हुने यसका अहिलेसम्ममा सिनेमाका बाहिर आएका कन्टेन्टले नै देखाइरहेको छ ।
“यी दुई कलाकारको टकराब हाम्रो चलचित्रमा गज्जवले हेर्न पाइन्छ । यी कलाकारबीचको मतभेद र द्वन्द्व नै सिनेमा मुख्य आकर्षण हो,” निर्देशक अनिल बुढा मगर भन्छन्, “हामीले हेर्दा दयाहाङ र सौगात दुवै सिनेमाको हिरो हो, तर पनि द्वन्द्व पनि उहाँहरू बीच नै हुन्छ भने पक्कै पनि दर्शकले मन पराउनु हुनेछ भन्ने लागेको छ ।” मित लगाएर मितको साइनोमा बाँधिइसकेपछि फेरि कसरी झगडा सम्भव र त्यसको बैठान कसरी हुन्छ भन्ने कौतुहलता सिनेमाले मेटाउने उनी बताउँछन् ।
चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ । नेपाली ग्रामीण परिवेशको कथा ‘मितज्यू’ले भन्ने भएकाले दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार ०८:१९‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित









