ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

पोखरा । ताङतिङ दुधपोखरी तमु समाजको आयोजनामा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आचार्य निमा गुरुङको ऐतिहासिक सफलताको खुसीयालीमा पोखरामा आयोजित कार्यक्रममा विभिन्न तमु संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्य विमा गुरुङले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताईन् । उनले धर्म, संस्कार, संस्कृति, अनुशासन र नैतिकताभित्र रहेर जीवनयापन गर्नुपर्नेमा जोड दिईन् । इज्जत र सम्मानको ख्याल राख्दै कहिल्यै घमण्ड, लोभलालचमा नलाग्न तथा सधैं नम्र भएर अरूको सेवा गर्नुपर्ने उनको भनाई थियो ।
आचार्य गुरुङले धाँधली, भ्रष्टाचार, चोरी, डकैती, लुटपाट तथा ठगीजस्ता गलत कार्यबाट टाढा रहन आग्रह गर्दै सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्न सके समाजमा सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरिन् । उनले घर, गाउँ, टोल, समाज, स्थानीय तह, प्रदेश हुँदै समग्र देशको विकासका लागि पारस्परिक विश्वास आवश्यक रहेको उल्लेख गरिन् ।
उक्त अवसरमा आचार्य निमा गुरुङले आफ्ना बाबा–आमा, गुरु खेम्पो शिर लामा तथा आफ्ना आचार्यलाई सम्मान गरेकी थिईन् ।

कार्यक्रममा ताङ्तिङ पोखरा घोताने चेलीबेटी समूह, ताङतिङ पैङिथर चेलीबेटी समूह, ताङ्तिङ क्रपुथर भाइखलक, ताङ्तिङ लम्स्यो–प्लान्स्यो चेलीबेटी समूहलगायत विभिन्न समूहका प्रतिनिधिहरू सहभागी भएका थिए । साथै ताङतिङ दुधपोखरी तमु समाज परिवार तथा लामा गुरु परिवारका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।
स्वर्गीय हर्कध्वज गुरुङको परिवारको सहयोगमा आयोजित कार्यक्रम ताङतिङ घोताने भाइखलकका अध्यक्ष तथा पूर्वप्रधानपञ्च देविजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य सुब्बेदार मेजर टोकबहादुर गुरुङले राखेका थिए भने सञ्चालन ताङतिङ दुधपोखरी तमु समाजका सचिव क्याप्टेन मन्त्रीजंग गुरुङले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21647, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना







