पोखरामा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ट्यालेन्ट शो’ हुने

पोखरा । यही जेठ ९ गते शनिबार पोखरामा स्नो सञ्चार प्रालिद्वारा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ट्यालेन्ट शो’ आयोजना हुने भएको छ ।
कास्कीमा लुकेर रहेका बहुआयामिक प्रतिभाको पहिचान गर्दै उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै स्नो सञ्चार प्रालिका सिइओ सम्भु राउतले यो शो केवल प्रतियोगितामा सीमित नभई कास्कीका प्रतिभालाई विश्वमञ्चसम्म पु¥याउने सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार प्रतियोगिताका विजेताले थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । साथै उत्कृष्ट ‘टप टेन’ प्रतिस्पर्धीहरुले काठमाडौंमा आयोजना हुने महा–संग्राममा सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा नृत्य, गायन, अभिनय, कला, वक्तृत्वकला, कविता वाचन तथा मोडलिङ विधामा प्रतिभा प्रस्तुत गर्न सकिने आयोजकले जनाएको छ । नेपाली कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ कास्कीका विजेतालाई थाइल्याण्ड पठाइने तयारी गरिएको छ ।
आयोजकले कास्कीका इच्छुक, प्रतिभावान तथा ऊर्जाशील युवायुवतीहरुलाई प्रतियोगितामा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गरेको छ ।
यसअघि पनि विभिन्न जिल्लामा कार्यक्रम आयोजना भइसकेको जनाउँदै आयोजकले यस्ता प्रतियोगितामार्फत बालश्रममा रहेका बालबालिका, वृद्धाश्रम तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको जनाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21653, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २८, आईतवार १६:३४सम्मानित एलेक्सा लाइफ साइन्सेसको गुनासो : १९ वर्षदेखि मूल्य समायोजन नहुँदा स्लाइन उद्योग संकटमा






