पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने

पाेखरा । नेपाली कांग्रेसभित्र पार्टी एकता, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित गण्डकी प्रदेशस्तरीय भेला आगामी शनिबार पोखरामा हुने भएको छ । भेलाबारे जानकारी दिन बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने अभियानलाई प्राथमिकता दिइएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पुष्पराज पराजुलीले वर्तमान सरकारले आफूअनुकूल व्यक्तिलाई नियुक्ति गरेर राज्य संयन्त्रमाथि कब्जा जमाउने नीति लिएको आरोप लगाउँदै त्यसको कांग्रेसले विरोध गर्ने बताए । उनले सुकुम्बासी समस्या व्यवस्थापन र उचित पुनःस्थापनाको सुनिश्चिततापछि मात्र बस्ती हटाउनुपर्ने धारणा पनि राखे ।
उनले नेपाली कांग्रेसभित्र एकताको अभियानलाई थप सशक्त बनाउँदै पार्टीलाई राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
पत्रकार सम्मेलनमा आयोजक समितिका तर्फबाट नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठले पार्टीका पछिल्ला गतिविधि, समसामयिक राजनीतिक अवस्था तथा उठिरहेका विभिन्न शंका–उपशंकाबारे स्पष्ट पार्न भेला आयोजना गरिएको जानकारी दिए ।
पार्टीभित्र देखिएका कमजोरी सुधार गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनकाे धारणा छ ।
कार्यक्रममा विशेष महाधिवेशनमा सहभागी हुन नपाएका सदस्यहरूलाई कसरी समेट्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
भेलामा नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21656, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








