पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै

पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
पूर्ण रूपमा गैर-राजनीतिक र जनस्तरको प्रयास
यो कार्यक्रम पूर्ण रूपमा गैर-राजनीतिक, नाफारहित र जनस्तरबाट स्वतःस्फूर्त रूपमा सुरु गरिएको डा. कोइरालाले स्पष्ट पार्नुभयो। कार्यक्रमका लागि कतैबाट चन्दा वा आर्थिक सहयोग मागिएको छैन र आयोजकहरू आफैँले रकम जुटाएर यसको व्यवस्थापन गरेका छाैँ।
७० जना जेष्ठ नागरिकहरूको सहभागिता
प्रतिकूल मौसम र अन्य प्राविधिक चुनौतीका बाबजुद हालसम्म ७० वर्ष उमेर पुगेका (वि.सं. २०१३ साल वा सोभन्दा अघि जन्मिएका) ७० जना पुरुष जेष्ठ नागरिकहरूले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेका छन्। उमेर प्रमाणित गर्न नागरिकता वा छिमेकीहरूको सनाखतलाई आधार मानिएको छ।
वडा नम्बर ५ को खेल मैदान र भविष्यको योजना
पोखरा वडा नम्बर ५ मा रहेको उपयुक्त फुटबल मैदानको प्रयोग गर्दै यो खेल खेलाइनेछ। हाललाई यो प्रतियोगिता वडा स्तरमा सीमित रहे पनि भविष्यमा यसलाई छिमेकी वडाहरू र महानगरपालिकाकै स्तरमा समेत विस्तार गर्ने योजना रहेको संयोजक डा. कोइरालाले बताउनुभयो। खेललाई व्यवस्थित बनाउन रेफ्री र प्राविधिक टोलीको सम्पूर्ण तयारी पुरा भइसकेको छ।
संयोजक डा. कोइरालाले यो एउटा नौलो, अनुपम र उदाहरणीय प्रयास भएकाले यसलाई सकारात्मक रूपमा आम नागरिक र राज्यसम्म पुर्याइदिन पत्रकार तथा सञ्चार माध्यमहरूलाई हार्दिक आग्रह समेत गर्नुभएको छ।
समितिका काेषाध्यक्ष हेमराज भण्डारी तथा युवा शिक्षा तथा समाजसेवी लक्ष्मण वराल लगायतले खेललाई सम्पन्न गर्नका लागि जनस्तबाट रकमकाे जाेहाे गरिएकाे बताउनु भयाे । भण्डारीका अनुसार प्रतियाेगितामा करिब २ लाख खर्च लाग्ने अनुमान गरिएकाे छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









