सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी

सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी

काठमाडौँ। गायक सोम गुरुङ ले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन् । लोक–पप शैलीमा तयार गरिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको सुन्दर चित्रण गरेको छ ।

गीतमा प्रेमीले आफ्नी प्रेमिकाको तस्बिर खल्तीमा सँगालेर राख्दा समयसँगै रंगीन फोटोसमेत सादा बन्दै गएको भावनात्मक प्रसंग प्रस्तुत गरिएको छ । ‘रंगीन फोटो कान्छीको, खल्तीमा राख्दा राख्दै सादा भो…’ भन्ने शब्दमार्फत निष्कपट प्रेम र समर्पणको अनुभूति गराइएको छ ।

गीतमा रमेश दाहाल को शब्द, केशव पौडेल को संगीत तथा जुगल डंगोल को संगीत संयोजन रहेको छ ।

भिडियोमा सुरेश कोली र रश्मी गुरुङ को अभिनय देख्न सकिन्छ । बाल कलाकार काफिया प्रि ले पनि साथ दिएका छन् । भिडियोको सुरुवातमै सारङ्गीको मधुर धुन, परम्परागत नेपाली भेषभूषा र सामूहिक नृत्यले दर्शकको ध्यान खिच्छ । पहाड, हरियाली र स्वच्छ वातावरणले भिडियोलाई अझ जीवन्त बनाएको छ ।

भिडियोको निर्देशन समन अधिकारी ले गरेका हुन् । भिडियोमा नेपाली मौलिक कला र संस्कृतिलाई आधुनिक सिनेम्याटिक शैलीमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ मा गरिमा र संदीप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   10   =