दुर्गम बस्तीमा विशेषज्ञ चिकित्सक, ताकमका सयौँ नागरिकले पाए निःशुल्क उपचार

पोखरा । म्याग्दी जिल्लाबाट पोखरामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था “म्याग्दी–पोखरा चौतारी” को आयोजना तथा धवलागिरि गाउँपालिका–मुना को सहआयोजनामा, नेपाल चिकित्सक संघ गण्डकी प्रदेश र मेट्रोसिटी हस्पिटल, सृजनाचोक पोखरा को प्राविधिक सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकमस्थित ताकम माध्यमिक विद्यालय प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
भौगोलिक रूपमा दुर्गम ग्रामीण क्षेत्रका नागरिकलाई सहज, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविरमा ताकमसहित धवलागिरि गाउँपालिकाका विभिन्न वडाका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा ४८६ जनाले स्वास्थ्य परीक्षण तथा १०० भन्दा बढी सेवाग्राहीले भिडियो एक्स–रे सेवा लिएका थिए।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भरत बहादुर खत्रीको नेतृत्वमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरेका थिए। शिविरमा हाडजोर्नी तथा नसा रोग, सामान्य चिकित्सा, स्त्रीरोग, नाक–कान–घाँटी, फिजियोथेरापी तथा भिडियो एक्स–रे लगायतका सेवाहरू प्रदान गरिएको थियो। विशेषज्ञ चिकित्सकहरूको सिफारिसअनुसार आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

शिविरमा सामान्य चिकित्सातर्फ डा. आयुषा कर्ण र डा. सुदीप कुमार सुवेदी, हाडजोर्नी तथा नसा रोगतर्फ वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भरत बहादुर खत्री (मेट्रोसिटी हस्पिटल, पोखरा) तथा डा. मदन सापकोटा (गण्डकी हस्पिटल), स्त्रीरोगतर्फ डा. सविन श्रेष्ठ र डा. मेरिना श्रेष्ठ, नाक–कान–घाँटी रोगतर्फ डा. अशोक कुमार महतो (मणिपाल हस्पिटल), फिजियोथेरापीतर्फ डा. शाहकृष्ण सुनुवार तथा भिडियो एक्स–रे सेवातर्फ डा. सुस्मित काफ्ले लगायत १७ जना चिकित्सकहरूले सेवा प्रदान गर्नुभएको थियो।
शिविरको समापन कार्यक्रम धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षता तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भरत बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष अशोक खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने म्याग्दी–पोखरा चौतारीका अध्यक्ष डा. मेखबहादुर खत्री तथा वरिष्ठ उपाध्यक्ष एवं स्वास्थ्य शिविर संयोजक गोपाल घिमिरेले संस्थाको स्थापना, उद्देश्य तथा स्वास्थ्य शिविरको महत्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

स्थापनाकालदेखि नै स्वास्थ्य शिविर, रक्तदान तथा विभिन्न सामाजिक सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको “म्याग्दी–पोखरा चौतारी” ले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रसँग सम्बन्धित जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिने म्याग्दी–पोखरा चौतारी का सदस्य हरि घिमिरेले जानकारी दिनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ११, आईतवार १६:२८चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह









