नवनियुक्त नवप्रवर्तनमन्त्री महावीर पुन भन्छन्- जाँगर लागे काम गर्छु, नभए मन्त्रालयमै सुत्छु

काठमाडौं । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने बताएका छन् ।
मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने र बस्ने बताए ।
‘यहीँ सुत्ने हो । यहीँ बस्ने हो । सरकारल क्वार्टर दियो भने जाने हो । सरकारले तुरुन्तै क्वार्टर दिनेवाला पनि छैन त्यो मलाई थाहा छ । क्वार्टरमा भन्दा यहीँ बस्न पाएँ भने खुसी । जाँगर चले काम गर्ने हो । नभए सुत्ने हो । अनि जाँगर चल्छ फेरि उठेर काम गर्ने हो । मेरो तरिका यो छ ।’
त्यस्तै उनले आफू ५ वर्ष मन्त्री भएर नबस्ने समेत बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम
खेलकुद२०८३ असार २०, शनिबार १०:३०कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश
समाचार२०८३ असार १९, शुक्रबार १७:१२नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न









