नेपाली फुटबललाई इतिहासकै ठूलो झड्का, कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने

काठमाडौं, असार ११ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम अर्को सूचना नआएसम्मका लागि एन्फालाई निलम्बन गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त आफ्ना सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाको प्रतिनिधित्व गर्ने टोली तथा क्लबहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन्।
यसका साथै, एन्फा वा उसँग सम्बन्धित कुनै पनि सदस्य वा पदाधिकारीले फिफा तथा एएफसी (एशियन फुटबल कन्फेडेरेसन) ले सञ्चालन गर्ने विकास कार्यक्रम, तालिम वा प्रशिक्षणबाट कुनै पनि प्रकारको लाभ लिन नपाउने फिफाले स्पष्ट पारेको छ।
फिफाले आगामी दिनमा कुनै पनि समय फिफा कंग्रेस बस्नुअघि नै फिफा काउन्सिल ब्युरो वा फिफा काउन्सिलले आवश्यक ठानेमा यो निलम्बन फुकुवा गर्न सक्ने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३२, बिहीबार ०९:१०सुरु भयो ‘रातो घेरा’ को छायांकन
खेलकुद२०८३ असार ३२, बिहीबार ०७:४१दुई दशकअघि काखमा बोकेका बालकसँग विश्वकप फाइनलमा भिड्दै मेस्सी
सूचना-प्रविधि२०८३ असार ३१, बुधबार २०:४८अब यी चलचित्रले प्रदर्शन अनुमति नपाउने
समाचार२०८३ असार ३१, बुधबार १८:३०नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट









