जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

धादिङ,१८ असार
स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै धादिङमा मातृ तथा शिशु मृत्युदर क्रमशः घट्दै गएको छ। सुरक्षित मातृत्व, नियमित खोप, पोषण सुधार तथा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएकाले जिल्लाको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ।जनस्वास्थ्य कार्यलय धादिङले बिहीबार स्वास्थ्यका विभिन्न विषयमा सञ्चारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा कार्यालयले चालु आर्थिक वर्षमा सम्पन्न गरेको स्वास्थ्य कार्यक्रम तथा उपलब्धिहरू सार्वजनिक गर्दै स्वास्थ्य सूचकहरूमा क्रमिक सुधार देखिएको जानकारी दिएको हो।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभर १३ हजार ८ सय ८३ किशोरीलाई एचपीभी खोप लगाइएको छ। यस्तै पूर्णखोप सुनिश्चितता अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको छ भने सुरक्षित मातृत्व र नवजात शिशु स्वास्थ्य सेवा थप गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीहरूलाई तालिम तथा क्लिनिकल कोचिङ प्रदान गरिएको छ।त्यसैगरी पोषण प्रवद्र्धन, मानसिक स्वास्थ्य सेवा विस्तार, क्षयरोग नियन्त्रण, डेंगी रोकथाम, खानेपानीको गुणस्तर सुधार, विद्यालय स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य सूचना प्रणाली सुदृढीकरणका कार्यक्रम जिल्लाभर सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
सीमान्तकृत समुदायका आमाहरूलाई संस्थागत सुत्केरी सेवा र पूर्णखोप सुनिश्चिततापछि प्रोत्साहन रकम वितरण गरिएको छ भने विभिन्न स्थानमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरबाट हजारौँ नागरिक लाभान्वित भएका छन्।जनस्वास्थ्य कार्यालय धादिङले स्वास्थ्य सेवाको गुणस्तर अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारमाध्यम तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
धादिङमा पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवाको पहुँच विस्तार, सुरक्षित प्रसूति सेवाप्रति बढ्दो जनचेतना, नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा समुदायको सक्रिय सहभागिताले मातृ तथा शिशु स्वास्थ्यमा उत्साहजनक सुधार देखिएको छ। स्वास्थ्य क्षेत्रमा भइरहेको यही निरन्तर प्रयासले आगामी दिनमा मातृ तथा शिशु मृत्युदर अझ घट्दै जाने र प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १८:५५डिजिटल प्रतिभालाई सम्मान गर्न ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’, ५०० बढीको सहभागिता
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १६:०२भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी









