प्राविधिक शिक्षा विस्तारसँगै विद्यालय सञ्चालनमा आर्थिक चुनौती

पोखरा । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा प्राविधिक धार सञ्चालन भएका विद्यालयका प्रधानाध्यापकहरूका लागि अभिमुखीकरण तथा नियमित पत्रकार भेटघाट कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरले विद्यालय शिक्षाको वर्तमान अवस्था, प्राविधिक शिक्षाको विस्तार तथा विद्यालय व्यवस्थापनसम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए ।
उनले देशभर ४२ हजार ६१९ विद्यालय सञ्चालनमा रहेको, जसमध्ये ३५ हजार ९५१ विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन–अध्यापन भइरहेको जानकारी दिए। त्यस्तै, देशभर ७० लाख ४८ हजार २५ विद्यार्थी अध्ययनरत रहेको तथा ५६९ वटा विद्यालयमा प्राविधिक धार सञ्चालन भइरहेको प्रस्तुतीकरणमा उल्लेख गरिएको थियो। गण्डकी प्रदेशमा मात्रै ५६ वटा विद्यालयमा प्राविधिक धार सञ्चालन भइरहेको उनले बताए ।
राठौरका अनुसार कक्षा १ मा नयाँ भर्ना भएका ७७.५१ प्रतिशत बालबालिकाले प्रारम्भिक बालविकास (ECED) को अनुभव लिएका छन् भने गण्डकी प्रदेशमा यो दर ८५.५८ प्रतिशत पुगेको छ। आधारभूत तहमा कक्षा उकास्ने दर ८९.३ प्रतिशत तथा माध्यमिक तहमा ९३.१ प्रतिशत रहेको तथ्यांक पनि उनले प्रस्तुत गरे ।

प्रस्तुतीकरणका क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा, विद्यालय समायोजन तथा दरबन्दी मिलान, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, साक्षर घोषणा तथा सिकाइमा डिजिटल प्लेटफर्मको प्रयोग केन्द्रका प्रमुख प्राथमिकताका विषय रहेको जानकारी दिइयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख टंकराज बरालले गुणस्तरीय तथा व्यवहारमुखी शिक्षाको विकासका लागि केन्द्र, प्रदेश, स्थानीय तह र विद्यालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले स्थानीय तहले विद्यालय सञ्चालनका लागि संघीय सरकारबाट पर्याप्त बजेट प्राप्त नगर्ने भएकाले अधिकांश पालिकाले आफ्नै स्रोतबाट विद्यालय सञ्चालन गर्नुपरेको बताए । उनले आर्थिक स्रोतको अभावले विद्यालय सञ्चालन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै अभिभावकसँग राम्रो साझेदारी भएका विद्यालयमा विद्यार्थी भर्नाको चाप बढिरहेको र विद्यार्थी संख्या शून्य वा शून्यसरह भएका विद्यालयलाई मात्र समायोजन (मर्ज) गर्ने नीति अपनाइएको स्पष्ट पारे ।
शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीकाे सभाहलमा भएकाे कार्यक्रमकाे सञ्चालन शाखा अधिकृत बलराम भुगाईंले सञ्चालन गरेकाे कार्यक्रमकाे गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22038, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो







