शिक्षा, प्रेम र सामाजिक बन्धनको मार्मिक कथा बोकेको ‘गौँथली’ को ट्रेलर सार्वजनिक

अटिजमबाट प्रभावित युवकसँग विवाह गरेपछि एक महिलाले भोग्नुपरेका मानसिक, सामाजिक र पारिवारिक चुनौतीलाई ट्रेलरले संवेदनशील ढंगले चित्रण गरेको छ।
काठमाडौं । सामाजिक यथार्थ, पारिवारिक संवेदना र एक युवतीको जीवन संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘गौँथली’ को प्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ। आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको तीन मिनेट २० सेकेन्ड लामो ट्रेलरले शिक्षा, विवाह, सामाजिक सोच र आत्मसम्मानबीचको संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ।
सार्वजनिक ट्रेलरले पढेर आफ्नो भविष्य निर्माण गर्ने सपना देखेकी एक युवतीको कथा भन्छ, जसले आफ्नै घर–परिवार, परम्परागत सोच र परिस्थितिसँग निरन्तर संघर्ष गर्नुपरेको छ। विवाहपछि उनको जीवनले अप्रत्याशित मोड लिन्छ, जहाँ उनले श्रीमान्को स्वास्थ्य अवस्था, सामाजिक दबाब र आफ्ना सपनाबीच कठिन निर्णयहरू लिन बाध्य हुनुपर्छ।
ट्रेलरमा अभिनेता अरुण क्षेत्रीले स्वास्थ्य समस्याका कारण फरक व्यवहार देखाउने पात्रलाई जीवन्त बनाएका छन् भने अभिनेत्री सिम्रन खड्काले सपना, जिम्मेवारी र आत्मबलका बीच संघर्षरत युवतीको भूमिकामा सशक्त अभिनय प्रस्तुत गरेकी छन्।
अटिजमबाट प्रभावित युवकसँग विवाह गरेपछि एक महिलाले भोग्नुपरेका मानसिक, सामाजिक र पारिवारिक चुनौतीलाई ट्रेलरले संवेदनशील ढंगले चित्रण गरेको छ। महिलाले महिलालाई नै साथ नदिँदा सिर्जना हुने परिस्थितिदेखि पुरातन सोचले कसरी व्यक्तिको सपना र स्वतन्त्रतालाई सीमित बनाउँछ भन्ने सन्देश पनि ट्रेलरले प्रभावकारी रूपमा दिएको छ।
ग्रामीण परिवेश, भावनात्मक कथा, यथार्थपरक प्रस्तुति र कलाकारहरूको स्वाभाविक अभिनयले ट्रेलरलाई थप आकर्षक बनाएको छ। परिवारको सम्मान जोगाउन आफ्नै इच्छाविपरीत विवाह गर्न बाध्य भएकी युवतीको जीवनमा आउने उतारचढावले दर्शकलाई भावुक बनाउने संकेत ट्रेलरले दिएको छ।
चलचित्रका निर्देशक डा. कपिल रिजाल हुन्। चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली पनि देखिएका छन्।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।
चलचित्रको छायांकन हरि हुमागाईं, सम्पादन मिलन श्रेष्ठ, ध्वनि मिश्रण मुकेश शाह, रङ संयोजन राजेन्द्र मोक्तानले गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक तथा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक रहेका छन्। नृत्य निर्देशन रामजी लामिछाने र मौसम हिमालीले गरेका छन्।
आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









