३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

धादिङ, २४ असार ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने पानधारे–काउले सडक मर्मतको लागि स्थानियले तीनै सरकारलाई आग्रह गरेका छन् ।करिब ३० वर्षदेखि सञ्चालनमा रहे पनि आजसम्म सामान्य ग्राभेलसमेत हुन नसकेको भन्दै स्थानियलेअसन्तुष्टि व्यक्त गरेका छन्। वर्षायाममा हिलो, हिउँदमा धुलो तथा वर्षभरि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताले स्थानीयको दैनिक जीवन प्रभावित भएको उनीहरूको गुनासो छ।स्थानीयका अनुसार सडकको दयनीय अवस्थाका कारण नियमित सार्वजनिक बस सेवा सञ्चालन हुन सकेको छैन। साँघुरो र जोखिमपूर्ण सडकका कारण यातायात व्यवसायीहरूले नियमित सेवा सञ्चालन गरेका छैनन् ।
यसको प्रत्यक्ष असर विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक, किसान, व्यापारी तथा दैनिक रूपमा आवतजावत गर्ने सर्वसाधारणमा परेको छ।सामाजिक, धार्मिक तथा पारिवारिक कार्यक्रमका बेला रिजर्भ बस वा अन्य ठूला सवारीसाधन गाउँसम्म पु¥याउनसमेत कठिन हुने गरेको स्थानीय कुमार दाहालले बताउनुभयो । सडकको अवस्थाका कारण धेरै चालक गाउँसम्म जान नमान्ने, गए पनि अतिरिक्त भाडा माग्ने वा बीच बाटोबाटै फर्किने अवस्था बारम्बार दोहोरिने गरेको दाहालले बताउनुभयो। विशेषगरी वर्षायाममा सडक हिलाम्मे हुँदा कतिपय स्थानमा सवारी सञ्चालन नै अवरुद्ध हुने गरेको स्थानीयको अनुभव छ।पानधारे–काउले सडक नीलकण्ठ नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल चमेरो गुफासम्म पुग्ने प्रमुख पहुँच मार्गसमेत हो।
स्थानीयको विश्वास छ, सडक स्तरोन्नति भए धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै होटल, पसल, कृषि उत्पादनको बजार विस्तार र स्थानीय व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ।त्यसैगरी, यो सडक धादिङबेँसीबाट नुवाकोट हुँदै रसुवा तथा चीन सीमाक्षेत्रसम्म पुग्ने छोटो वैकल्पिक मार्गका रूपमा विकास हुन सक्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। चुनावका बेला विभिन्न प्रतिबद्धता जनाउने जनप्रतिनिधिहरू निर्वाचनपछि सडकको अवस्थाप्रति बेवास्ता गरेको उनीहरूको आरोप छ।यस आर्थिक वर्षमा पनि सडकका लागि पर्याप्त बजेट विनियोजन नभएको भन्दै स्थानीयवासी निराश बनेका छन्। नयाँ सरकार बनेपछि केहि आशा भएपनि कुनै बजेट नपर्दा त्यस स्थानका नागरिकहरु दुखी भएका छन् ।
उनीहरूले नेपाल सरकार, बागमती प्रदेश सरकार, नीलकण्ठ नगरपालिका तथा सम्बन्धित जनप्रतिनिधिहरूसँग पानधारे–काउले सडकलाई उच्च प्राथमिकतामा राखी आवश्यक बजेट तत्काल विनियोजन गर्न, ग्राभेल, स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र सुरु गरी निर्धारित समयमै सम्पन्न गर्न माग गरेका छन्। नीलकण्ठ नगरपालिकाले केहि बजेट बिनियोजन गरेपनि पर्याप्त भएको छैन । नगरपालिकाले संघ तथा प्रदेश सरकारलाई चिठ्ठी लेखेर सिफारीस गरेपनि कुनै बजेट बिनियोजन नभएको नगरपालिकाले जनाएको छ । नगरपालिका सिमित स्रोत भएको कारणले ठुलो बजेट बिनियोजन गर्न नसकेको नगरपालिकाले जनाएको छ । उक्त सडकलाई प्राथमिकतामा राखेर नगरपालिकाले आफ्नो क्षमताले भ्याएसम्मको बजेटहरु बिनियोजन गरीएको नगरपालिकाले जनाएको छ । तर नागरिकहरुले नगरपालिकासंघ धेरै अपेक्षा गरेका छन् ।संघीय सरकार र प्रदेश सरकारले कुनै चासो नदेखाएको कारण दशकौदेखी उक्त सडक ओझेलमा परेको छ ।अहिले नयाँ सरकारले पनि कुनै वास्ता नगर्दा स्थानीयले चित्त दुखाएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








