दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियम भिड्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, असार २६ । फिफा विश्वकप-२०२६ अन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनल खेलमा स्पेन र बेल्जियम भिड्दैछन् । लास एन्जेल्स स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । स्पेनले अन्तिम १६ मा पोर्चुगललाई १-० गोलले हराउँदै अन्तिम आठको यात्रा तय गरेको थियो । बराबरीतर्फ लम्किएको खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई जित दिलाएका थिए ।
युरो २०२४ मा क्रोएसिया, इटालीम जर्मनी फ्रान्स र इंग्ल्याण्डलाई हराउँदै उपाधि जितेको स्पेनले जारी विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन संघर्ष गरिराखेको छ । स्पेनले जारी विश्वकपको सबै पाँच खेलमा क्लिन सिट राखेको छ ।
यता बेल्जियमलेपनि सह-आयोजक अमेरिकालाई ४-१ गोलले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । समूहचरणको शुरुवाती दुई खेलमा बराबरी खेल्दै विश्वकपको शुरुवात गरेको बेल्जियमले त्यसपछिको तीन खेलमा १२ गोल गरेको छ ।
आजको खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । फ्रान्सले गएराति भएको खेलमा मोरोक्कोलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण ७, बिहीबार २३:१०त्रिकोणात्मक सिरिजमा नेपालको लगातार दोस्रो हार
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ७, बिहीबार २१:१५मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन
समाचार२०८३ श्रावण ७, बिहीबार १९:२१कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार १६:०८‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा








