आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक

काठमाडौं। आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक गरिएको छ।
यसअघि सार्वजनिक गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे उत्सुकता बढाएको थियो। टिजरले भने आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र छोरीको सुरक्षाका लागि एक आमाले गर्न सक्ने संघर्षलाई केन्द्रमा राखेको संकेत गर्छ।
एक लासबाट सुरु हुने टिजरमा ‘छोरीको सुरक्षाभन्दा ठूलो अरू केही छैन’ भन्ने संवाद समावेश छ। टिजरले छोरीलाई बचाउन एक आमाले गर्नुपर्ने संघर्ष र त्यसक्रममा आउने चुनौतीलाई प्रस्तुत गरेको देखिन्छ।
क्राइम थ्रिलर र पारिवारिक ड्रामामा आधारित चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापाको अभिनय छ।
चलचित्रको निर्देशन सुवेन्दु घोषले गरेका हुन्। प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माता रहेका छन् भने सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता हुन्।
चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन्। पटकथा शान बस्नेतले तयार पारेका छन् भने संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ।
युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिद्धुको सम्पादन, रोहित शाक्यको संगीत र त्रिशाला गुरुङको स्वर रहेको चलचित्रको पोस्ट–प्रोडक्सन नेपाल र भारतमा भइरहेको निर्माण पक्षले जनाएको छ।
नेपालमा चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ। ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल









