साइग्रेस पोखरेल ‘फलानो ढिस्कानो’मा पत्रकारको भूमिकामा

साइग्रेस पोखरेल ‘फलानो ढिस्कानो’मा पत्रकारको भूमिकामा


काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा हास्यप्रधान फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमध्ये एउटामा कथावाचकका रूपमा चर्चित साइग्रेस पोखरेल बाइकको पछाडि बसेर कतै जाँदै गरेको देखिन्छन्। पोस्टर हेर्दा उनी फिल्मको शीर्षकअनुसार नै हास्य भूमिकामा रहेको संकेत मिल्छ। हँसिलो अनुहारमा देखिएका उनको कोटको गोजीमा चलचित्र पत्रकारको प्रेस कार्ड पनि देख्न सकिन्छ।

अर्को पोस्टरमा पनि उनी चलचित्र पत्रकारको प्रेस कार्ड बोकेको अवस्थामा छन्। उक्त पोस्टरले उनी फिल्ममा पत्रकारको भूमिकामा रहेको संकेत गर्छ। साथै, उनी पठाओ बुक गरिरहेको दृश्य पनि पोस्टरमा समेटिएको छ।

जय नेपाल हलमा आयोजित घोषणा कार्यक्रममा साइग्रेसले भने, ‘मैले ‘आ’बाट ‘आमा’ खेल्छु, त्यसपछि अभिनय गर्दिनँ भन्ने सोचेको थिएँ। तर यो त नशा रहेछ। त्यसैले कथावस्तु मन परेकै कारण यो फिल्ममा अनुबन्ध भएको हुँ।’

फिल्ममा साइग्रेसबाहेक अन्य कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टिमले क्रमशः अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिँदै जाने जनाएको छ।

फिल्मको निर्देशन राजकुमारले गर्नेछन्। उनका अनुसार फिल्मको छायांकन दसैंपछि सुरु हुनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =