भदौ २६ मा आउँदै ‘माया भनेकै यस्तो होला’, शीर्ष गीत सार्वजनिक

काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ।
गीतमा पहिलो नजरमै अंकुराएको प्रेम र त्यसपछि जन्मिने भावना तथा भविष्यका कल्पनालाई प्रस्तुत गरिएको छ। भिडियोले त्रिकोणात्मक प्रेमकथाको झल्को दिन्छ, जहाँ एक युवक तीन युवतीसँगको भावनात्मक सम्बन्धमा देखिन्छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको अभिनय रहेको छ।
फिल्मलाई रेखा थापाले निर्देशन गरेकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’पछि यो उनको तेस्रो निर्देशकीय फिल्म हो।
दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको अभिनय रहेको छ।
ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक सम्बन्ध र भावनाको कथा प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ। फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्।
फिल्ममा सुदीप बराल छायांकन निर्देशक (डीओपी), अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, प्रशान्त शिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप आर्टिस्ट तथा सुमन तिवारी प्रोडक्सन विभागमा रहेका छन्।
फिल्मलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ८, सोमबार १२:२१एचआइभीका नयाँ रोगी पहिचान
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज









