बाजुराको बडीमालिकाबाट ‘ए मेरो हजुर ५’को छायांकन शुभारम्भ हुने

काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’को छायांकन साउन २९ गतेदेखि सुरु हुने जानकारी दिएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फिल्मको छायांकन बाजुरास्थित बडीमालिका मन्दिरबाट शुभारम्भ गरिने बताएकी हुन्। फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्।
बडीमालिकाबारे उल्लेख गर्दै झरनाले लेखेकी छन्, “नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक गौरवको धरोहर बडीमालिकाबाट मेरो नयाँ फिल्म ‘ए मेरो हजुर ५’को छायांकन यात्रा यही साउन २९ गतेदेखि शुभारम्भ हुँदैछ।”
उनले बडीमालिकाजस्तो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको स्थलबाट फिल्मको छायांकन सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन्। उनका अनुसार बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा पनि हो।
झरनाले नेपाली प्रकृति, संस्कृति र भावनालाई अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउने उद्देश्यले ‘ए मेरो हजुर ५’ निर्माण गर्न लागेको बताएकी छन्। उनका अनुसार फिल्मले नेपालीपनलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गर्नेछ।
झरनाकै निर्देशनमा बन्न लागेको फिल्ममा सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा छन्। अन्य कलाकारको नाम भने निर्माण टिमले सार्वजनिक गरेको छैन ।सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन्।
सुहाना र अनमोलले यसअघि ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा सहकार्य गरेका थिए। ‘ए मेरो हजुर ५’ उनीहरूको तेस्रो सहकार्य हुनेछ।
‘ए मेरो हजुर’ शृंखलाको पहिलो फिल्म स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेका थिए। त्यसपछि दोस्रो शृंखलादेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट









