नर्सिङ क्रान्तिको पक्षमा चट्टानझैँ उभिए ऋषि धमला !

नर्सिङ क्रान्तिको पक्षमा चट्टानझैँ उभिए ऋषि धमला !

काठमाडौँ । बिरामीको अहोरात्र सेवामा खटिने नर्सहरूमाथि भइरहेको श्रमशोषणका विरुद्ध काठमाडौँको वीर अस्पताल परिसरमा उर्लिएको आन्दोलनको ज्वालामा अब देशकै चर्चित एवं हक्की व्यक्तित्व, स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले पूर्ण ऐक्यबद्धता जनाएका छन्। नर्सिङ पेसाको सम्मान, अधिकार र सेवासुविधाका लागि आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको अनशनको छैटौँ दिन वीर अस्पताल पुगेर धमलाले नर्सहरूको आन्दोलनप्रति आक्रामक र पूर्ण ऐक्यबद्धता जनाएका हुन्।

आफ्नो ओजस्वी र खरो शैलीमा प्रस्तुत हुँदै धमलाले नर्सहरूका १५ बुँदे माग पूर्णरूपमा जायज रहेको र यी मागहरू पूरा नगरेसम्म आन्दोलनको मैदानबाट एक कदम पनि पछि नहट्न आह्वान गरे।

“नर्सहरूले हस्पिटलमा जति मिहिनेत र पसिना बगाएका छन्, त्यति काम अरू कसैले गरेको छैन। तर आज उनीहरूमाथि नै घोर शोषण भइरहेको छ ! ज्योति रानाभाटजीको अनशनको छैटौँ दिन भइसक्दा पनि राज्य कानमा तेल हालेर बस्न पाउँदैन। उहाँहरूका माग समयसापेक्ष छन्, राज्यले तुरुन्त तलब, भत्ता र अधिकार सुनिश्चित गर्नैपर्छ !”ऋषि धमला

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   9   =