धादिङमा पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा एक युवकको मृत्यू

धादिङबेशी,२७ साउन । पौडी खेल्ने क्रममा थोपल खोलाले बगाउँदा धादिङमा आज एक युवकको मृत्यु भएको छ ।
धादिङको रूबीभ्याली गाउँपालिका–३ सेर्तुङ घर भएका अन्दाजी १९ वर्षीय नरेश घलेलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनि साथी संगै पौडी खेल्न गएका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश दाहालका अनुसार थोपाल खोलामा पौडी खेलिरहेका बेला कुडुलेमाथि रहेको ड्याम क्षेत्रबाट घलेलाई खोलाले बगाएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खोजी तथा उद्धारमा खटिएको थियो । खोजीका क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर तल धादिङबेसी बसपार्क नजिकै खोलामा घले फेला परेका थिए ।
उद्धार गरी उपचारका लागि धादिङ अस्पताल पु¥याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्








