रास्वपा धादिङद्धारा युवा मनोपरामर्श तथा मानसिक स्वास्थ्य र सांसद संग युवा अन्तरक्रिया

धादिङबेशी,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा धादिङमा युवा मनोपरामर्श, मानसिक स्वास्थ्य तथा सांसद संग युवा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा धादिङको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका युवाहरू सहभागी भएका थिए ।
रास्वपा धादिङका जिल्ला सभापति राजन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मी र नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले सहजीकरण गर्नुभएको थियो ।
डाक्टर रेग्मीले मानसिक स्वास्थ्यको अवधारणा, युवामा देखिन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी समस्या, त्यसका लक्षण, वर्तमान चुनौती तथा आत्महत्या रोकथामका उपायबारे जानकारी दिनुभएको थियो ।
यस्तै, मनोसामाजिक परामर्शकर्ता थापाले मनोसामाजिक समस्या, त्यसका कारण र लक्षण, सकारात्मक सोचको विकास तथा समाजमा युवाको अर्थपूर्ण सहभागिताका विषयमा सहजीकरण गर्नुभएको थियो ।
अन्तरक्रियामा युवाहरूले पछिल्लो समय सामना गरिरहेका मानसिक तथा सामाजिक चुनौती, तनाव व्यवस्थापन, भावनात्मक स्वास्थ्य तथा मानसिक समस्या देखिएमा अपनाउनुपर्ने उपायका विषयमा छलफल गरिएको थियो ।
सहजकर्ताहरूले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने बताउँदै समस्या लुकाउने वा बेवास्ता गर्नेभन्दा समयमै पहिचान गरी आवश्यक परामर्श र सहयोग लिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा युवाको सक्रिय सहभागिता, सकारात्मक सोच र सिर्जनशील भूमिकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुग्ने विषयमा पनि छलफल भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र २०, शनिबार २१:३४खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराउँदै सगरमाथाले निकाल्याे दोस्रो जित
समाचार२०८३ भाद्र २०, शनिबार १८:३८भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २०, शनिबार १२:२३‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २०, शनिबार १२:०८१ हजार ३ सय ४२ जनाको शव फेला « रिपोर्टर्स नेपाल








