पृथ्वी राजमार्गको धादिङ खण्डमा आठ स्थानमा अवरोध

पृथ्वी राजमार्गको धादिङ खण्डमा आठ स्थानमा अवरोध

धादिङ, १० असोज :  निरन्तर वर्षासँगै पहिरो खस्दा तथा सडक भासिँदा पृथ्वी राजमार्गको धादिङ खण्डका चार स्थानमा दुवैतर्फ सडक अवरुद्ध भएको छ । अन्य चार स्थानमा सडकको एकतर्फी भाग अवरुद्ध भएकोे छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, वडा नं ९ ज्यामिरेघाट, वडा नं १० तिङग्राङखानी र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा दुवैतर्फ सडक बन्द छ । कृष्णभिरमा माथिबाट ढुङ्गासहितको पहिरो खस्नुका साथै सडक भासिएको छ । ज्यामिरेघाट, तिङग्राङखानी र बाङ्गेमोडमा ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको हो ।

यस्तै, बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला, वडा नं ३ शीतलबजार तथा गजुरी गाउँपालिका–२ का परेवाभिर र चालिसेमा सडकको एकतर्फी भाग अवरुद्ध छ । ज्वाङखोलामा सडक चिरा परेको छ भने बाँकी तीन स्थानमा माथिबाट ढुङ्गासहितको पहिरो खसेकोे छ ।
ज्यामिरेघाट, तिङग्राङखानी र चालिसेमा अवरोध हटाउने काम भइरहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  आजका लागि विदेशी मुद्राको विनिमयदर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   7   =