एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले फेवातालमा लिँदैछन् प्रशिक्षण

काठमाडौं, २९ साउन । आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको आइची-नागोया क्षेत्रमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपाली क्यानोइङ टोली पोखरामा तीव्र प्रशिक्षणमा जुटेको छ।
एसियाली महादेशकै सबैभन्दा ठूलो यस खेल महोत्सवमा क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले नेपालको तर्फबाट बलियो उपस्थिति जनाउँदै छन्।
नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक निमबहादुर मगरको नेतृत्वमा दुवै खेलाडी विगत एक महिनादेखि पोखराको फेवातालमा निरन्तर अभ्यासमा व्यस्त छन्। प्रतियोगितामा विजय र आशिषले ‘कायक स्लालोम’ र ‘कायक क्रस’ विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षक मगरका अनुसार खेलाडीहरूको प्राविधिक दक्षता, शारीरिक फिटनेसका साथै वैदेशिक प्रतिस्पर्धाका लागि मानसिक तयारीमा विशेष ध्यान दिइएको छ।
नेपाली टोलीका सदस्य विजय माझी लामो समय तमोर नदीमा ¥याफ्टिङ गाइडका रूपमा कार्यरत थिए। तमोरको तीव्र बहाव र जोखिमपूर्ण परिस्थितिमा हासिल गरेको व्यावहारिक अनुभव नै उनका लागि एसियाडसम्मको यात्रा तय गर्ने बलियो आधार बनेको छ।
“पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्याउने क्रममा नदीसँग साटेको अनुभवले अहिले क्यानोइङ खेलमा निकै मद्दत पुर्याएको छ,” विजयले भने, “भोलि अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राख्ने लक्ष्यका साथ प्रशिक्षण गरिरहेको छु।”
प्रशिक्षक मगरले फेवाताल तथा आसपासका क्षेत्र क्यानोइङका लागि प्राकृतिक र उत्कृष्ट प्रशिक्षणस्थल बनेको बताए। नेपालका नदी तथा तालहरू पर्यटनका दृष्टिले मात्र नभई अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्राकृतिक केन्द्र बन्न सक्ने उनको भनाइ छ।
जापानमा हुने यसपटकको एसियाली खेलकुदमा नेपालले क्यानोइङसहित कुल २२ वटा खेलमा सहभागिता जनाउँदै छ। वर्षौंको मेहनत र संघर्षलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसरका रूपमा खेलाडीहरूले यस प्रतियोगितालाई लिएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्









