‘एक्का तीन’मा पूजा र कविताको टकराव, एक्सन फिल्मको लुक्स सार्वजनिक

‘एक्का तीन’मा पूजा र कविताको टकराव, एक्सन फिल्मको लुक्स सार्वजनिक


काठमाडौं । भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य अभिनेत्रीलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको लुक्समा पूजा शर्मा र कविता नेपालीबीचको टकराव देखाइएको छ ।

सार्वजनिक पोस्टरमा पूजा शर्मा र मोडल तथा अभिनेत्री कविता नेपालीलाई एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ । दुवैको लुक्समार्फत उनीहरूबीचको टकरावलाई स्पष्ट रूपमा देखाइएको छ ।

जुना फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा नायक को रहने भन्ने विषयमा भने निर्माण पक्षले केही खुलाएको छैन।

रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्मको लेखन सुमन गजमेरले गरेका छन् । फिल्ममा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ ।

एक्सन जनरामा निर्माण हुन लागेको फिल्ममा दुई अभिनेत्रीबीचको लडाइँलाई मुख्य विषय बनाइने जनाइएको छ । पूजा र कविताको टकरावलाई दर्शकले चासोका साथ हेर्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  वसन्त थापा मगरको स्वर रहेको गीत ‘जुम्लेली हुम्लेली’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   7   =