‘खोज तलास’को पोस्टर सार्वजनिक, वर्तमान राजनीति र सामाजिक घटनाको कथा

काठमाडौं । यल्लि वूड फिल्म्स प्रालिको निर्माणमा बनेको फिल्म ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेका हुन्।
स्टेट मेम्बर स्टेबिन रागा, फिल्म निर्देशक किशोर सुब्बा, व्यवसायी तथा समाजसेवी केशवराम राई, नृत्य निर्देशक गोविन्द राई, आदिवासी जनजाति महासंघ अमेरिकाका महासचिव सुमन थाम्सुहाङ, किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष पुरन लिम्बु र नेपाली कलाकार संघ अमेरिकाकी अध्यक्ष बसन्ती राईले पोस्टर सार्वजनिक गरे।
फिल्मको कथा तथा निर्देशन दिनेश लिङ्देनको हो। निर्देशक लिङ्देनका अनुसार ‘खोज तलास’ले नेपालको वर्तमान राजनीति तथा विभिन्न सामाजिक घटनालाई कथाको विषय बनाएको छ।
फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बू, राजकुमार शाह, शैलेन्द्र नाल्बो, विमला खजुम, शर्मिला शर्मा, रोहन सेन्चुरी, पूर्ण सेलिङ, पूजा गिरी, यासेली योङहाङ, सागर केरुङ, दिलीप योङहाङ, राजु घिमिरे, तेज मेन्याङ्बो र विमल ढुंगेललगायत कलाकारको अभिनय रहेको छ।
शैलेन्द्र नाल्बो निर्माता रहेको फिल्ममा विकास चौधरीको संगीत छ। गीतमा राजेशपायल राई, मेचु धिमाल र सुभाष राईको स्वर रहेको छ। कुमार महर्जनले द्वन्द्व निर्देशन, कमल राईले नृत्य निर्देशन तथा हेमन योञ्जनले छायांकन गरेका छन्।
निर्देशक लिङ्देनका अनुसार फिल्मको बेलायतमा छिट्टै प्रिमियर शो आयोजना हुनेछ। प्रिमियरको तयारीका लागि निर्माता शैलेन्द्र नाल्बो बेलायत पुगिसकेका छन्।
नेपालमा भने फिल्म आगामी फागुनमा प्रदर्शन गर्ने तयारी छ। प्रदर्शन मिति भने निर्माण पक्षले चाँडै सार्वजनिक गर्ने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार ०८:३५चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार ०७:५५वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
समाचार२०८३ आश्विन ५, सोमबार ०७:२१डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा









