‘युग’को छायांकन भदौ दोस्रो साताबाट, वर्कसप सम्पन्न

काठमाडौं । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘युग’को वर्कसप सम्पन्न भएको छ। निर्माण टिमका अनुसार वर्कसप सम्पन्न भएसँगै फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुनेछ।
निर्देशक कोमलनाथ खतिवडाका अनुसार कलाकारहरूको चरित्र र प्रस्तुति तयारीका लागि वर्कसप आयोजना गरिएको थियो। उनका अनुसार कलाकारको तयारीलाई अन्तिम रूप दिएपछि छायांकन तीव्र गतिमा अघि बढाइनेछ।

सामाजिक विषयवस्तुमा आधारित फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक खतिवडाकै रहेको छ। फिल्मलाई सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेले निर्माण गर्नेछन्।
‘युग’मा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापालगायत कलाकारको अभिनय रहनेछ।
फेसन कोरियोग्राफर हिमानी सुब्बाले यही फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन्। त्यस्तै, मोडल तथा ‘मिस्टर ह्यान्डसम नेपाल २०१९’का विजेता अभिषेक खड्काले पनि ‘युग’बाट अभिनय यात्रा सुरु गर्नेछन्।
निर्माण टिमका अनुसार फिल्मको छायांकन भदौ दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन









