आज नेपाल र अष्ट्रेलियन क्यापिटल टेरिटोरी भिड्दै

काठमाडौं, भदौ १० । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल ‘ए’ले अष्ट्रेलियन क्यापिटल टेरिटोरीसँग प्रतिस्पर्धा गर्दैछ । डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा हुने खेल दिउँसो ३:१५ बजे शुरु हुनेछ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेट र दोस्रो खेलमा बंगालदेश हाइप्रफरमेन्स ११ सँग ९ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा होबर्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको थियो ।
यता अष्ट्रेलियन क्यापिटल टेरिटोरी भने शुरुवाती तीनवटै खेलमा पराजित भएको छ । त्यसैले आज अष्ट्रेलियन क्यापिटल नेपाललाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ ।
हाल नेपाल ३ खेलबाट २ अंक जोड्दै अंक तालिकाको सातौँ स्थानमा रहेको छ भने सबै तीन खेलमा पराजित अष्ट्रेलियन क्यापिटल अंकविहीन रहँदै नवौं स्थानमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक
समाचार२०८३ भाद्र २९, सोमबार ०९:५८फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण









