नेपालले आज जापानसँग भलिबल खेल्दै

काठमाडौँ, ३१ भदौ । बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध खेल्दैछ ।
नेपाल र जापानबीचको प्रतिस्पर्धा अपरान्ह ४:०० बजेदेखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ । भलिबलमा जापान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली हो ।
आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको छैटौँ स्थानमा रहेको जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । ताजा वरियतामा नेपाल ६९औँ स्थानमा छ ।
एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक प्रतिस्पर्धा गरिरहेको हो ।
सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २१, बुधबार १६:२३नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
समाचार२०८३ आश्विन २१, बुधबार ०८:३१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २०, मंगलवार २१:०८‘पाँच पाण्डव’को पोस्टरमा इभा गिरीको द्रोपदी लुक्स
समाचार२०८३ आश्विन २०, मंगलवार २०:४८घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला









