प्रतिभा उच्च माविले जित्यो मन्जु बहादुर बस्नेत मेमोरियल ह्यान्डबलको उपाधि

पोखरा । पाँचौं मन्जु बहादुर बस्नेत मेमोरियल अन्तरविद्यालयस्तरीय (छात्र) ह्यान्डबल प्रतियोगिता–२०८३ को उपाधि प्रतिभा उच्च माविले जितेको छ।
प्रतिस्पर्धात्मक फाइनलमा गुरुकुल विद्यासदनलाई १२–११ गोलले पराजित गर्दै प्रतिभा उच्च माविले उपाधि जितेको हो। उपाधिसँगै प्रतिभाले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
गुरुकुल विद्यासदन द्वितीय हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पोखरा एकेडेमी र प्रगति बोर्डिङ स्कुल तृतीय भएका छन्।
प्रतियोगितामा गुरुकुलका संस्कार गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए। प्रतिभा उच्च माविका सुजन पुन सर्वाधिक गोलकर्ता र शितल गुरुङ सर्वोत्कृष्ट गोलरक्षक बने। गुरुकुलका विशाल नेपाली उत्कृष्ट प्रशिक्षक्षक घोषित भए।
कास्की जिल्ला ह्यान्डबल संघको आयोजनामा तथा मनकामना फेन्सी स्पोर्टस वेयरको मुख्य प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो। संघका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक विशाल बस्नेत रहेका थिए।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले प्रतियोगिताको उद्घाटन गरे।
विजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ह्यान्डबलका पूर्वराष्ट्रिय खेलाडी तथा बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम गुरुङ, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन, ह्यान्डबलका राष्ट्रिय कप्तान विशाल बस्नेत, कास्की जिल्ला ह्यान्डबल संघका पूर्वअध्यक्ष क्या. जगबहादुर गुरुङ र पत्रकार राजबहादुर गुरुङलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।
कार्यक्रम सञ्चालन ह्यान्डबल संघ कास्कीका सचिव कृष्ण लम्सालले गरे।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22444, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








