मिडिया कप फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च गण्डकीलाई

पोखरा। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रा.लि.द्वारा सञ्चालित नयाँलिपि न्यूज डटकमको आयोजनामा सम्पन्न गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसएफजे) गण्डकीले जितेको छ।
शनिबार पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय खेलमैदानमा भएको रोमान्चक फाइनल भिडन्तमा एनएसएफजे गण्डकीले नेपाल पत्रकार महासङ्घ बागलुङलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो कब्जामा पारेको हो। उपाधिसँगै गण्डकीले नगद रु. ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा उपविजेता बनेको नेपाल पत्रकार महासङ्घ बागलुङले नगद रु. ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
विधागत उत्कृष्टमा गुरुङ र जिसी
प्रतियोगिताको सर्वोत्कृष्ट प्रशिक्षक एनएसएफजे गण्डकीका धनबहादुर गुरुङ (सुमन) घोषित भए भने बागलुङका रोहन जिसी सर्वोत्कृष्ट खेलाडी चुनिए। उनीहरू दुवैले जनही नगद रु. ५ हजार प्राप्त गरे। साथै, सर्वोत्कृष्ट प्रशिक्षक र खेलाडीलाई एडभेन्चर पार्टनर ‘गो बन्जी’को तर्फबाट फ्लाई कुपनसमेत प्रदान गरिएको थियो।
खेलमार्फत भाइचारा र स्वास्थ्यको सन्देश
समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले विजयी टोली तथा खेलाडीहरूलाई पुरस्कार प्रदान गरे। सो अवसरमा बोल्दै डा. अधिकारीले सञ्चारकर्मीहरूले खेलकुदका माध्यमबाट स्वास्थ्य र भाइचाराको सन्देश प्रवाह गरेको भन्दै प्रशंसा गरे।
विश्वविद्यालयले खेल व्यवस्थापन (Sports Management) विषयको अध्यापन गराइरहेको जानकारी दिँदै उनले आगामी शैक्षिक सत्रदेखि फुटसललाई पनि पाठ्यक्रममा समेट्ने योजना रहेको सुनाए। “पत्रकारहरूको जागरुकता र खेलप्रतिको प्रेम अनुकरणीय छ,” डा. अधिकारीले भने, “आगामी दिनमा मिडिया क्षेत्रसँग सहकार्य गर्दै विश्वविद्यालयले विभिन्न कार्यक्रमको खाका तयार पार्नेछ।”
बाढीपीडितलाई सहयोग गरिने
आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण पत्रकार तथा सञ्चार सम्बद्ध संस्थाहरूप्रति आभार व्यक्त गरे। उनले आगामी वर्षहरूमा प्रतियोगिताको आयतन अझ फराकिलो बनाउँदै लैजाने प्रतिबद्धता जनाए।
”यो प्रतियोगिता केवल खेल्ने वा खेलाउने मञ्च मात्र होइन, संस्थालाई मानवीय सेवासँग जोड्ने प्रयास पनि हो,” अध्यक्ष श्रेष्ठले भने, “प्रतियोगिताबाट आर्जित बचत रकम भोटेकोशी बाढीप्रभावितहरूको राहत तथा सहयोगमा खर्च गरिनेछ।” उनले आगामी दिनमा पत्रकारहरूको व्यावसायिकता र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अन्य रचनात्मक कार्यक्रमहरूसमेत आयोजना गरिने जानकारी दिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22642, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १४:३३असल छिमेकी सहकारीको अध्यक्षमा अधिकारकर्मी सुवेदी
समाचार२०८३ आश्विन २४, शनिबार २२:०३नौलो घुम्ती नेपालको अध्यक्षमा मंगलबहादुर नेपाली चयन
समाचार२०८३ आश्विन २४, शनिबार १४:५६नौलो घुम्ती नेपालको रजत जयन्ती, पुनःस्थापना र सामाजिक विकासमा योगदानको चर्चा
समाचार२०८३ आश्विन २४, शनिबार ०५:५१गगन थापा कांग्रेस सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत








