विपद्मा सहयोगको हात लिएर तुप्चे पुगे धादिङका लायन्स

धादिङबेशी, १५ भदौ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकलाई राहत र सहयोग पुर्याउने उद्देश्यले धादिङका लायन्सकर्मी सोमबार नुवाकोटको तुप्चे अक्करे पुगेका छन्। लायन्स क्लब अफ धादिङ भैरवी र लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीले शितल छहारी नेपालको सहकार्यमा विदुर नगरपालिका–७, अकरेका बाढी प्रभावित परिवारका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत प्याकेज हस्तान्तरण गरेका हुन्। भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित अकरेका १०० परिवारका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत प्याकेज हस्तान्तरण गरेका छन्।
राहत सामग्री विदुर नगरपालिका–७ का वडाध्यक्ष रविन्द्र नेपाल तथा स्थानीय प्रहरी चौकीका इन्चार्जको रोहबरमा एकद्वार प्रणालीमार्फत प्रभावित परिवारलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएको आयोजकले जनाएको छ। प्रत्येक परिवारका लागि तयार गरिएको राहत प्याकेजमा १५ किलो चामल, एक किलो नुन, एक प्याकेट खानेतेल, एक प्याकेट सोयाबिन, एक किलो दाल र हाइजिन किटलगायतका सामग्री समावेश छन्। एक सय परिवारका लागि एक–एक प्याकेजका दरले एक सय थान राहत प्याकेज हस्तान्तरण गरिएको हो।
लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीका अध्यक्ष राजाराम रिजालले बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा विपद्का बेला मानवीय सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको बताउनुभयो। शीतल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेलले संस्थाले यसअघि धादिङका विभिन्न स्थानमा मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै बाढि प्रभावित नुवाकोटका नागरिकलाई समेत सहयोग गरिएको बताउनुभयो।
राहत हस्तान्तरण कार्यक्रममा लायन्सका डिस्ट्रीक्ट डिपार्टमेन्ट चिफ तथा शीतल छहारी नेपालका अध्यक्ष कृष्णबहादुर पौडेल, रिजन चियर पर्सन कृष्णप्रसाद ढकाल, जोन चियर पर्सन बद्री अधिकारी, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष प्रकाश सापकोटा र प्रथम उपाध्यक्ष यामबहादुर श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ सुर्यमुखीका अध्यक्ष राजाराम रिजाल, सचिव सुदर्शन गोम्जा तथा शीतल छहारी नेपालका उपाध्यक्ष विक्रम पौडेललगायतको सहभागिता थियो।
नुवाकोटको विदुर नगरपालिका–७ तुप्चे अक्करेमा धादिङका पतंजलीका सहयोगीदाताहरुले एक हप्ताको लागी निशुल्क भोजन सेवा कार्यक्रम संचालन गरिरहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार ०८:३५चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार ०७:५५वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
समाचार२०८३ आश्विन ५, सोमबार ०७:२१डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा








