मेसीले लिए राष्ट्रिय टोलीबाट सन्यास

काठमाडौँ । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेसीले यस्तो घोषणा गरेका हुन् ।
केही महिनाअघि मात्र विश्वकपको फाइनल खेलेका मेसीले आफूले अर्जेन्टिनाको जर्सीका लागि सधैं सबै कुरा दिएको बताएका छन् ।
पछिल्ला केही वर्षमा टोलीले ठूला उपाधि जित्दा मात्र नभई आफ्नो लामो अन्तर्राष्ट्रिय करियरभरि नै आफूले पूर्ण समर्पणका साथ खेलेको उनको भनाइ छ ।
मेसीले लेखेका छन्, ‘यो निर्णयले मेरो आत्मालाई दुखाएको छ र अझै दुखिरहेको छ। तर अब यही सही समय हो भन्ने मैले बुझेको छु ।’ उनले राष्ट्रिय टोलीमा आफ्नो यात्रा निकै भावुक रहेको उल्लेख गर्दै आफूले अब दिनुपर्ने केही बाँकी नरहेको बताएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:५२चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ
खेलकुद२०८३ आश्विन २५, आईतवार २०:५२सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु
समाचार२०८३ आश्विन २५, आईतवार १८:०३अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा









