बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा

धादिङ, १६ भदौ
गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूलाई लक्षित गर्दै पतञ्जली योग समिति धादिङले नुवाकोटको विदुर नगरपालिका–७, अक्करेमा निःशुल्क सामूहिक भोजन सेवा सञ्चालन गरेको छ।पतञ्जली योग समिति धादिङ र महिला पतञ्जली योग समिति धादिङको आयोजनामा बाढी प्रभावित नागरिकहरूलाई एक सातासम्म सामूहिक रूपमा भोजन गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गरिएको हो। समितिका पदाधिकारीहरू विगत चार दिनदेखि अक्करे क्षेत्रमा रहेर बाढी प्रभावित नागरिकहरूको सेवामा जुटिरहेका छन्। अक्करेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका करिब १५० जना नागरिकलाई दैनिक भोजन गराइएको पतञ्जली योग समिति धादिङका जिल्ला अध्यक्ष बद्री सुवेदीले जानकारी दिनुभयो।

चार दिनदेखि सञ्चालन भइरहेको सामूहिक भोजन सेवा एक सातासम्म निरन्तर सञ्चालन गरिने जिल्ला महामन्त्री कुमार बुढाथोकीले बताउनुभयो।सामूहिक भोजन सेवामा बागमती प्रदेश संगठन सचिव केशव थपलिया, जिल्ला अध्यक्ष बद्री सुवेदी, जिल्ला महामन्त्री कुमार बुढाथोकी, महिला पतञ्जली योग समितिका प्रभारी राममाया बुढाथोकी, महिला पतञ्जली योग समिति धादिङका महामन्त्री तथा बगैँचा योग साधना केन्द्रका प्रभारी अम्बिका सुवेदी, सुन्दरबस्ती योग साधना केन्द्रका प्रभारी रेशमराज अधिकारी तथा जिल्ला सल्लाहकार विनोदबाबु रिमाललगायतको सहभागिता रहेको छ।

त्यसैगरी सुन्दरबस्ती योग ध्यान साधना केन्द्र, बिन्दुकेशरा योग ध्यान केन्द्र तथा राधाकृष्ण योग ध्यान केन्द्रका पदाधिकारी, योग साधक तथा साधिकाहरू पनि राहत तथा भोजन सेवामा सहभागी भएका छन्। यसैबीच, पतञ्जली योगपीठका महिला केन्द्रीय सहप्रभारी अर्चना घिमिरेको नेतृत्वमा आएको टोलीले सोही क्षेत्रमा रहेका बाढी प्रभावित नागरिकहरूलाई आवश्यक लत्ताकपडासमेत वितरण गरेको जनाएको छ।

विदुर नगरपालिकाका जनप्रतिनिधि तथा सुरक्षा निकायसँग समन्वय गरी सामूहिक भोजन सेवा सञ्चालन गरिएको सुन्दरबस्ती योग साधना केन्द्रका प्रभारी रेशमराज अधिकारीले जानकारी दिनुभयो।विपद्का कारण खाना पकाउने अवस्था नभएका तथा घरबारविहीन बनेका नागरिकलाई सामूहिक रूपमा भोजन गराउने व्यवस्था गरिएको महिला पतञ्जली योग समिति धादिङका महामन्त्री तथा बगैँचा योग साधना केन्द्रका प्रभारी अम्बिका सुवेदीले बताउनुभयो।
उहाँका अनुसार दुःख र विपद्को समयमा आफूले सकेको सहयोग गर्ने उद्देश्यले बाढी प्रभावित नागरिकहरूका लागि सामूहिक भोजन सेवा सञ्चालन गरिएको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २७, मंगलवार ०७:२८पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
समाचार२०८३ आश्विन २७, मंगलवार ०६:३१संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:५२चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ








