गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भदौ १० गतेको विनाशकारी बाढीबाट पीडितहरूको सहयोगार्थ एक महिनाको तलब प्रदान गरेका छन् ।

प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीले विज्ञप्तिमार्फत् एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी गराएका छन् । बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाको सहयोग हेतु प्रदेश प्रमुखले सहयोग जम्मा गरेको उनले जनाए ।

प्रदेश प्रमुख भट्टले उद्धार र राहत कार्यमा भोकनिद्रा नभनी अनवरत खटिएका सुरक्षाकर्मी, मित्र राष्ट्रहरूबाट आएका उद्धार टोली, तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र, सम्पूर्ण स्वयंसेवी टोली एवं आर्थिक सहयोगदातासमेतलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

गण्डकी प्रदेश सरकारले उद्धार कोषमा चार करोड दिने निर्णय गरिसकेको छ । यस्तै, प्रदेश भित्रका मृतक तथा बेपत्ता भएकाको परिवारलाई १–१ लाख, किरिया खर्च २५ हजार र घाइतेलाई ५० हजार रुपैयाँ सहयोग गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

बुधबार बिहानसम्म एक हजार एक सय १४ जनाको मानवीय क्षति र तीन हजार नौ सय १६ जना सम्पर्कविहीन अवस्थामा हुनुहुन्छ । दुई सय ९२ जना घाइते तथा दुई सय ७३ जना विदेशीसहित ११ हजार नौ सय ९३ जनाको उद्धार गरिएको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22509, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  “उद्यमको अनुभव, नेतृत्वको संकल्प “: उपमहासचिव पदका उम्मेदवार यादव प्रसाद पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =