‘झिंगे दाउ २’को तीज गीतमा केकी–आँचलको झगडा » Celebrity Nepal

‘झिंगे दाउ २’को तीज गीतमा केकी–आँचलको झगडा » Celebrity Nepal

काठमाडौं। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को तीज लक्षित गीत सार्वजनिक भएको छ। ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

७ मिनेट लामो गीतमा फिल्मका मुख्य दुई पात्रबीचको झगडालाई प्रस्तुत गरिएको छ। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र आँचल शर्माबीचको झगडा देखाइएको छ। फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छन्। गीतमा प्रयोग गरिएका संवाद तथा लाइनहरू सामाजिक सञ्जालमा चर्चित हुन सक्ने देखिन्छ।

गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्। केकी र आँचल गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाउनेमा विश्वस्त छन्।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन तथा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माता हुन्।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायतका कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। फिल्मको टिजर यसअघि नै सार्वजनिक भइसकेको छ। निर्माण पक्षका अनुसार फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गरिनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन » Celebrity Nepal
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   2   =