‘बेहुली’को सशक्त ट्रेलर सार्वजनिक, बाढीपीडितलाई कमाइको ५ प्रतिशत दिने घोषणा

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। प्रदर्शनको पाँच दिनअघि आइतबार काठमाडौंको जय नेपाल हलमा विशेष कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो।
भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण देश शोक र संकटमा रहेका बेला निर्माण पक्षले फिल्मका सम्पूर्ण प्रचारप्रसार गतिविधि स्थगित गरेको थियो। परिस्थिति केही सहज बनेसँगै ट्रेलर सार्वजनिक गर्दै प्रचारप्रसार पुनः सुरु गरिएको हो।
ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले परोपकारी घोषणा गरेका छन्। फिल्मले बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोसी क्षेत्रका बाढी प्रभावितका लागि प्रदान गर्ने उनले घोषणा गरे।
ट्रेलरमा माया, प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेम सम्बन्ध तथा केमेस्ट्रीलाई ट्रेलरमा विशेष रूपमा देखाइएको छ।
यस्तै, सुशान्त कार्की प्रहरीको भूमिकामा प्रस्तुत छन् भने कमेडियन पदम तामाङको हास्य प्रस्तुति र सन्तोष बानियाको फरक तथा प्रभावशाली अभिनयले ट्रेलरलाई थप रोचक बनाएको छ। सार्वजनिक ट्रेलरले कौतुहलता बढाउँदै फिल्मप्रति दर्शकको अपेक्षा थप बलियो बनाएको देखिन्छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषसँगै सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायतको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन्।
फिल्मको छायांकन नरेन्द्र मैनाली, सम्पादन विकास दाहाल र एक्सन कोरियोग्राफी रोशन श्रेष्ठले गरेका छन्। काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले फिल्म वितरण गर्नेछ। डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्









