‘पेन्सन पट्टा’को टोली पुग्यो त्यहीँ, जहाँ साँच्चिकै पेन्सन पट्टा बन्छ

‘पेन्सन पट्टा’को टोली पुग्यो त्यहीँ, जहाँ साँच्चिकै पेन्सन पट्टा बन्छ

‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो।


काठमाडौं। चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएपछि निर्माण टोली त्यही ठाउँमा पुगेको छ, जहाँबाट वास्तविक पेन्सन पट्टा जारी हुन्छ, भारतीय राजदूतावासस्थित मिलिटरी पेन्सन शाखा।

चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको पेन्सन पट्टा जारी हुने कार्यालयमै निर्माण टोली पुगेपछि यो भेटघाट चलचित्र क्षेत्रमा चासोको विषय बनेको छ। उक्त शाखाबाट नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गरिँदै आएको छ। पेन्सन पट्टा जारी गर्ने तथा त्यसमा भएका त्रुटि सच्याउने कामसमेत यही शाखाबाट हुने गर्दछ।

‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै शाखाले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो। तर नेपालमा आएको विनाशकारी बाढीका कारण निर्माण पक्षले चलचित्रसम्बन्धी भेटघाट तथा प्रचार–प्रसारका कार्यक्रम तत्काल रोकेकाले भेटघाट केही ढिला भएको निर्माण पक्षले जनाएको छ।

भेटघाटका क्रममा निर्माण टोलीले शाखाका कर्मचारीहरूसँग अन्तरक्रिया गरेको थियो। कर्मचारीहरूले चलचित्र निर्माण भएकोमा बधाई तथा सफलताको शुभकामना दिएका थिए। निर्देशक तथा अभिनेता गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मीयताको प्रशंसा गरे। ‘मीठो नेपाली भाषा बोल्ने मेजर राहुल झा तथा भारतीय दूतावाससम्बद्ध कर्मचारीज्यूहरूले देखाउनुभएको आत्मीयताप्रति हार्दिक आभार,’ गुरुङले भने।

भेटघाटका क्रममा आफूले केही नयाँ जानकारीसमेत पाएको गुरुङले बताए। उनका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक ९सिभिल० सेवाका गरी १ लाख १९ हजार ५ सय ४ जना पेन्सनभोगी रहेका छन्। भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब ७ हजार १ सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको उनले जानकारी पाए। ‘मलाई थाहै थिएन। आज थाहा भयो,’ गुरुङले भने। लामो समयको मेहनतपछि तयार भएको चलचित्र ‘पेन्सन पट्टा’ अब प्रदर्शनको तयारीमा छ। चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।

यो पनि पढ्नुहोस् :  सुशील र न्यान्सीको चलचित्र ‘अक्षरा’ सबै उमेरका दर्शकले हेर्न पाउने

चलचित्र प्रदर्शनसँगै दुईवटा कौतूहलको जवाफ पनि खुल्नेछ, निर्माण टोलीले पेन्सन शाखामा पुगेर वास्तवमा के सुनेको थियो र ‘पेन्सन पट्टा’को पर्दाभित्रको कथा कस्तो छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   5   =