उत्तम निर्देशित वेब सिरिज ‘मायादेवी’ प्रसारणमा » Celebrity Nepal

काठमाडौं । निर्देशक उत्तम अधिकारीको कथा तथा निर्देशनमा बनेको वेब सिरिज ‘मायादेवी’को प्रसारण सुरु भएको छ । सिरिजको पहिलो एपिसोड मायादेवी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
सिरिज प्रत्येक बुधबार बेलुका ७ बजे प्रसारण हुने निर्देशक अधिकारीले बताए । सिरिजमा कमेडीमार्फत दर्शकमाझ लोकप्रिय बनेका कलाकार कर्मा लामा, कलाकार जिया जिसी र मोडल सुधीर श्रेष्ठ मुख्य भूमिकामा छन् । जिया सिरिजमा मायादेवीको चरित्रमा देखिएकी छन् ।
साथै अन्य कलाकारमा वरिष्ठ कलाकार उत्तम केसी, कलाकार सरिता भण्डारी, अन्जु गुरुङ, देव महर्जन, बद्री पुडासैनी, रामहरी खड्का, प्रवन भुसाल, दीपक केसी, रेनुका आचार्य, मीरा लामा, कल्पना बस्नेत, रुद्रबहादुर थापा, अर्जुन श्रेष्ठ, अनु खड्का, निर्मल लम्साल, अर्जुन साहलगायतको अभिनय रहेको छ ।
सिरिजको टाइटल एनिमेसन अनन्त घिमिरेले गरेका छन् भने टाइटल गीतमा निसु शर्माको स्वर रहेको छ । संगीत तथा ब्याकग्राउन्ड म्युजिक हिमाल श्रेष्ठको रहेको छ । सन्तोष श्रेष्ठले सम्पादन गरेको ‘मायादेवी’ को छायांकन बासु बरालले गरेका हुन् । सिरिज सिल्भर वल्फ मिडिया र याद्विका एन्ड रियासा फिल्मको ब्यानरमा निर्माण गरिएको हो ।
२२ वर्षदेखि नेपाली कला क्षेत्रमा निरन्तर सक्रिय निर्देशक अधिकारीले यसअघि ‘केसरी’, ‘मालती’, ‘नारीको कर्म’, ‘मझेरी’, ‘मिरा’लगायत आधा दर्जन सिरियल निर्देशन गरिसकेका छन् । उनले अबको यात्रा सिनेमा निर्देशनतर्फ लाग्ने बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २१:०२उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २०:५४असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री
समाचार२०८३ आश्विन १८, आईतवार २०:४८सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान









