फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत

पोखरा । रसुवामा बाढीपहिरोबाट प्रभावित बालबालिका तथा परिवारलाई फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीले खाद्यान्न, स्वास्थ्य सामग्री र कपडालगायत राहत सामग्री सहयोग गरेको छ।
पोखराबाट राहत सामग्रीसहित रसुवा पुगेको कन्सल्टेन्सीको टोलीले बाढीपहिरो प्रभावित क्षेत्रका बालबालिकालाई प्राथमिकतामा राख्दै उनीहरूको आवश्यकताअनुसार राहत सामग्री वितरण गरेको हो।
प्रभावित बालबालिकाको दैनिक जीवनमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री लिएर रसुवा पुगेको कन्सल्टेन्सीका इभेन्ट म्यानेजर विकास गुरुङले बताए।
उनका अनुसार सडक तथा यातायातको अवस्था सहज भएपछि प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी थप सहयोग गरिनेछ।
विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको कन्सल्टेन्सीले जनाएको छ। आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार राहत तथा सहयोगलाई निरन्तरता दिने कन्सल्टेन्सीको भनाइ छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22595, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १९, सोमबार ११:४३गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
समाचार२०८३ आश्विन १९, सोमबार १०:५०फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन १७ का बासिन्दाको माग








