‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक

‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक

काठमाडौं, भदौ ३०

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा सो पुस्तक सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको इतिहास अनुसन्धान र अभिलेखीकरणको काम कर्णालीबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै सीमित स्रोतका बाबजुद पनि धर्म, संस्कृति र इतिहासका कुराहरू भावी पुस्तालाई हस्तान्तरण गर्न यो पुस्तक कोशेढुंगा साबित हुने धारणा राख्नुभयो।

‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक

पुस्तकका लेखक नवराज महताराले विभिन्न कठिनाइ र सीमित स्रोतका बाबजुद पनि पुस्तक तयार पारिएको बताउँदै यसमा रहेका कमीकमजोरीहरूलाई आगामी दिनमा परिष्कृत गर्दै लगिने बताउनुभयो। पुस्तकका बारेमा काउन्सिलका पूर्वसदस्य मनऋषि धितालले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो ।

कार्यक्रममा कर्णाली क्षेत्रका अग्रज पत्रकार तथा लेखकहरूमा मनऋषि धिताल, समीरजंग शाह, रुद्र खड्का, डा. मानबहादुर रोकाय, खेमराज वली, विद्याप्रसाद उपाध्याय, चेतनारायण पाण्डेय, मेगराज खड्का, चक्र दानी, लक्ष्मण केसी, रुद्र खड्का, राजबहादुर शाही, हरिहर न्यौपानेलगायतले कर्णालीको पत्रकारिताको बारेमा आआफ्नो अनुभव तथा धारणा राख्नुभएको थियो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा उहाँले पुस्तक लेखन, सम्पादन र प्रकाशनका चरणमा भएको महेनतको स्मरण गर्दै सम्बद्ध सबैप्रति आभार व्यक्त गर्नुभयो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पुस्तकका प्रकाशन सन्दर्भका बारेमा सङ्क्षेपमा राख्नुभएको थियो । कार्यक्रमा सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित कर्णालीको बारेमा कलम चराइरहने पत्रकारको उपस्थिति रहेको थियो।

लेखकको बारेमा

असल खबर डटकम
असल खबर डटकमअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =