नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङ ‘आचार्य’ » Celebrity Nepal

नेपालसहित यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, हङकङ, मलेसिया, दक्षिण कोरिया लगायतका देशमा ‘आचार्य’को ट्रेलर ट्रेन्डिङमा
काठमाडौं । अभिनेता निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको बहुप्रतीक्षित फिल्म ‘आचार्य’ प्रदर्शनको मिति नजिकिँदै गर्दा चर्चाको केन्द्रमा पुगेको छ। फिल्मको ट्रेलर सार्वजनिक भएपछि नेपालमा नम्बर १ ट्रेन्डिङमा रहन सफल ‘आचार्य’ विभिन्न १३ देशमा समेत ट्रेन्डिङमा आएको छ।
नेपालसहित यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, हङकङ, मलेसिया, दक्षिण कोरिया लगायतका देशमा ‘आचार्य’को ट्रेलर ट्रेन्डिङमा आएको निर्माण पक्षले जनाएको छ।
विशेषगरी नेपालमा नम्बर १ ट्रेन्डिङमा आउनुले नेपाली दर्शकमाझ फिल्मप्रति बढिरहेको चासोलाई देखाएको छ। बहुप्रतीक्षित फिल्म हेर्न दर्शक आतुर छन्। ट्रेलर सार्वजनिक भएयता सामाजिक सञ्जालमा ‘आचार्य’को एक्सन, कथा, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको प्रस्तुतिलाई लिएर विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्।
नेपालबाहिर रहेका नेपाली दर्शकमाझ पनि ‘आचार्य’को चर्चा बढेको छ। वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली दर्शकले सामाजिक सञ्जालमार्फत ट्रेलर हेर्दै प्रतिक्रिया जनाइरहेका छन्। नेपाली फिल्मप्रतिको चासो विदेशमा समेत विस्तार हुँदै गएको अवस्थामा १३ देशमा ट्रेन्डिङमा आउनुलाई फिल्मका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।
भारतमा समेत ‘आचार्य’को ट्रेलरलाई लिएर फिल्म पत्रकार, कलाकार तथा आम दर्शकमाझ चर्चा भइरहेको छ। भारतीय फिल्मकर्मी तथा दर्शकले नेपाली फिल्मको बदलिँदो स्तरसँगै ‘आचार्य’को ट्रेलरमा देखिएको एक्सन र प्रस्तुतिबारे प्रतिक्रिया दिइरहेका छन्।
ट्रेलरले नेपालमा नम्बर १ सहित १३ देशमा ट्रेन्डिङको चर्चा पाएपछि फिल्मको प्रदर्शनप्रति दर्शकको उत्सुकता थप बढेको छ। विशेषगरी निखिल उप्रेतीलाई लामो समयपछि एक्सनप्रधान भूमिकामा पर्दामा हेर्न पाउने भएकाले उनका फ्यानहरू ‘आचार्य’को प्रतीक्षामा छन्।
फिल्मको ट्रेलरमा निखिललाई फरक एक्सन अवतारमा प्रस्तुत गरिएको छ। एक्सनसँगै पारिवारिक तथा सामाजिक कथावस्तुको झलकसमेत ट्रेलरमा देखाइएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताएका थिए।
नेपालमा नम्बर १ ट्रेन्डिङदेखि १३ देशसम्मको ट्रेन्डिङ चर्चाले ‘आचार्य’को अन्तर्राष्ट्रिय पहुँचप्रति पनि चासो बढाएको छ। अब ट्रेलरले बनाएको यो हाइपलाई फिल्मले हलमा कस्तो प्रतिक्रिया पाउँछ भन्ने विषयमा दर्शकको प्रतीक्षा छ।
निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’ निखिल उप्रेतीकै निर्देशनमा तयार भएको हो। फिल्म असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:५२चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:४४‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २६, सोमबार ०७:३५नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन « रिपोर्टर्स नेपाल









