कोहलपुर नगर अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा

नेपालगञ्ज (बाँके), १९ असोज । कुकुर तथा अन्य जनावरको टोकाइबाट बच्न कोहलपुर नगरअस्पतालले आजदेखि नियमित एआरभी सेवा सञ्चालनमा ल्याएको छ । यसअघि कोहलपुरवासी सो सेवा लिन नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो ।
नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माले रेबिजको जोखिममा परेका सेवाग्राहीले नगर अस्पतालबाटै एआरभी सेवा लिन सक्ने बताए ।
जनावरले टोकेमा उपचारमा ढिलाइ नगरी तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अस्पतालले चिकित्सकको सल्लाहअनुसार निर्धारित समयमा एआरभी खोप लगाउन पनि अनुरोध गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २०, मंगलवार २१:०८‘पाँच पाण्डव’को पोस्टरमा इभा गिरीको द्रोपदी लुक्स
समाचार२०८३ आश्विन २०, मंगलवार २०:४८घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
समाचार२०८३ आश्विन २०, मंगलवार १९:४०जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २०, मंगलवार १२:४३अभिनयमा आफ्नो पहिचान बनाउँदै नारायण बिक » Celebrity Nepal









