धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

धादिङबेशी, २० असोज । धादिङमा सञ्चालित दुई सञ्चार संस्था योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । पत्रकार तथा सञ्चारकर्मीको सामाजिक सुरक्षालाई संस्थागत बनाउने उद्देश्यसहित धादिङ सञ्चार प्रालि र प्रत्यूष नेटवर्क प्रालि सामाजिक सुरक्षा कोषमा रोजगारदाताका रूपमा सूचीकृत भएका हुन् ।
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज, बिन्दुकेशरा साप्ताहिक र धादिङसञ्चार डटकम सञ्चालन गर्दै आएको धादिङ सञ्चार प्रा.लि. तथा प्रत्यूष दैनिक सञ्चालन गर्दै आएको प्रत्यूष नेटवर्क प्रा.लि.लाई सामाजिक सुरक्षा कोषले रोजगारदाता सूचीकरण प्रमाणपत्र प्रदान गरेको छ । दुवै संस्था सोमबार कोषमा सूचीकृत भएका हुन् ।
कोषमा रोजगारदाताका रूपमा सूचीकृत भएसँगै ती संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने प्रक्रिया अघि बढ्ने भएको छ । यसबाट सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको दीर्घकालीन सामाजिक सुरक्षा, उपचार, दुर्घटना, आश्रित परिवार सुरक्षा तथा वृद्धावस्थासम्बन्धी सुविधामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
आर्थिक चुनौतीका कारण सञ्चार क्षेत्रमा कार्यरत पत्रकार तथा कर्मचारीको सेवासुविधा र रोजगारी सुरक्षाबारे बहस भइरहेका बेला धादिङका यी सञ्चार संस्थाले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने निर्णयलाई श्रमजीवी पत्रकार तथा कर्मचारीको हकहितसँग जोडेर अघि बढाएका छन् । संस्थाका अनुसार श्रमजीवी पत्रकार तथा कर्मचारीको पेशागत सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित योगदानमार्फत उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले कोषमा सूचीकरण गरिएको हो ।
धादिङमा सञ्चारमाध्यम सञ्चालन गर्ने संस्थामध्ये सामाजिक सुरक्षा कोषमा रोजगारदाताका रूपमा सूचीकृत हुने पहिलो मिडिया हाउस हो । सामाजिक सुरक्षा कोषमा सञ्चार संस्थाको सहभागिताले पत्रकार तथा कर्मचारीको श्रमको सम्मान, पेशागत सुरक्षा र भविष्यप्रतिको भरोसा अभिवृद्धि गर्न सकारात्मक सन्देश दिएको सञ्चार क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:५२चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ
खेलकुद२०८३ आश्विन २५, आईतवार २०:५२सूर्यविनायक अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु
समाचार२०८३ आश्विन २५, आईतवार १८:०३अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा









